थारु समाज मलेसियाको समिक्षा बैठक तथा थारु परिकार खानपिन कार्यक्रम (जानकारीको लागी सेयर गर्नुहोस्)

Friday, 2 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,
फेब्रुअरी २ तारिख/शुक्रवार/मलेसिया,,,,,,
थरुहट थारुवान बिकासको निम्ति ,
थरुहट पहिचानको निम्ति ,,
थारु युवाहरु बिच एकताको निम्ति,,,
भन्ने मुल नाराको साथ स्थापना गरिएको मलेसियामा रहेका थारुहरुको एक मात्र जातिय संस्था प्रवासी थारु सेवा समाज मलेसियाको आर्थिक समिक्षा बैठक तथा थारु परिकार खानपिन कार्यक्रम हुने भएको छ।
गएको महिना जनवरीमा आयोजना गरिएको एतिहासिक थारु माघी महोत्सव तथा प्रथम बार्षिक उत्सव कार्यक्रम सफल भएको उपलक्ष्यमा कार्यक्रम बारे समिक्षा बैठक तथा थारु परिकार खानपिन यहि फेब्रुअरी महिना ११ तारिख आइतबारको दिन बिहान १० बजे मलेसियाको राजधानी क्वालालम्पुरको कोतरायामा अवस्थित परदेशी रेष्टुरेन्टमा समिक्षा बैठक तथा खानपिन कार्यक्रम आयोजना हुने थारु समाज मलेसियाका केन्द्रिय अध्यक्ष मनिराम थारुले जानकारी दिनु भयो।

अध्यक्ष थारुले ११ तारिखको बैठकमा यस् संस्थाका सम्पुर्ण केन्द्रिय समितीमा आबद्ध पदाधिकारीहरुलाई अनिवार्य उपस्थितिको लागी हार्दिक अनुरोध गर्दै अब केही दिन पछि मलेसियाको तेस्रो ठूलो प्रान्त पेनाङमा पनि क्षेत्रीय समिती गठन हुने बताउनु भयो र समिती गठनको लागी आवस्यक त्यारी पनि भै रहेको भन्नू भयो।रोजगारीको लागी यहाँ मलेसियामा बसि रहनु भएका सम्पुर्ण थारु,चौधरी बुद्धिजीवीहरुलाइ थारु समाजमा आबद्ध हुन ,हातेमालो गर्दै पीडित थारुहरुलाइ सक्दो सहयोग गर्न,जुटाउन एकताको क्षुत्रमा बाधिएर अगाडि बढ्न सुझाव दिनु भयो।

त्यसै गरि प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय समिती जोहोरबारुको बैठक पनि बस्ने भएका छ्न।
क्षेत्रीय समिती जोहोरका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थारुले जानकारी गरए अनुसार थारु समाज क्षेत्रीय समितीको बैठक यहि महिनामा १६ तारिख शुक्रवार सेनाइमा अवस्थित धौलागिरी रेष्टुरेन्टको प्राङ्गणमा बस्ने छ्न।
वरिष्ठ उपाध्यक्ष लक्ष्मण थारुले क्षेत्रीय समितिमा आबद्ध सम्पुर्ण पदाधिकारीहरुलाइ अनिवार्य उपस्थितिको लागी अनुरोध गर्नु भयो।साथै उहाँले मलेसियाको अर्को ठूलो प्रान्त मानिने जोहोरबारुमा बस्ने बढी भन्दा बढी थारु बुद्धिजीवीहरु संस्थामा आवद्ध हुनु पर्ने धारण राख्नु भयो।
नोट:=यस् प्रवासी थारु सेवा समाज मलेसियामा आबद्ध हुन चाहने र यस् संस्थाको बारे बिस्तृत जानकारीको लागी निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ्।+60109427402/+60111959 3225/+6016967 2125

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu