सोनाहा विकास समाजको आयोजना ३ दिने नेतृत्व विकास तालिम सम्पन्न

Sunday, 18 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
बर्दिया:= सोनाहा विकास समाज राजापुर, बर्दिया
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजना ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

जसमा गुड नेवर्स इन्टरनेशनल ÷ सोनाहा विकास समाजको कार्य क्षेत्रका सहयोग प्राप्त ६ वटा सहकारीहरु, क्रमशः असल कृषि सहकारी संस्था लि., सनौटा कृषि सहकारी संस्था लि.राजापुर न.पा—१, देउथान कषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —२, हिमशिखर कृषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —४, साइनो कृषि सहकारी संस्था लि. गेरुवा गाँउपालिका —६, र छिमेकी कृषि सहकारी संस्था लि. मधुवन न.पा.—६, बर्दिया का सहकारीका १७ जना सदस्यहरुको उपस्थितीमा धनगढी उप महानगरपालिका—६, का श्री देबेन्द्र अधिकारी ज्युको सहजिकरणमा गेरुवा गाँउपालिका—३, शान्ती बजारमा तालिम सम्पन्न भएको छ ।

उक्त तालिम सहकारीको दिगो विकासद्धारा सामुदायको विकास गर्ने उद्धेश्यले सम्बन्धित सहकारीको सदस्यहरुको नेतृत्व क्षमता विकासकालागि मिति २०७४ साल फागुन २ गते देखि ४ गते सम्म तालिम संचालन भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu