नवलपरासीका चिन्तामनी थनेत मलेसियाको सडक पेटिमा/को हुन ती युवा ?

Wednesday, 14 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
मलेसिया:=तीन वर्ष अघि मलेसिया आएका नवलपरासी जिल्ला निवासी एक युवा सडक किनारामा छटपट्टाई रहेको अवस्थामा फेला परेका छन्।
४० वर्षिय चिन्तामनि थलेत क्वालालम्पुरस्थित बुकिट विन्ताङको सडक पेटीमा भेटिएका हुन् ।भेटिँदा उनी थरथर काप्दै थिए ।
सडक पेटीमै खादै, सुत्दै आएका निजलाई सडकमै बस्ने व्यक्तिहरूले खाना दिने गरेको बताउँछन् । पिडित हल्का बोल्न सक्ने तर हिडडुल गर्न सक्ने अवस्थामा छैनन् । उनको पेट निक्कै फुलिएको, खुट्टा सुन्निएको र स्वास फेर्न निक्कै गाह्रो अवस्थामा थिए । उनलाई बाटोमा हिडडुल गर्ने नेपाली साथीहरूले कहिलेकाहिँ खाना दिने गरेको पनि बताए।

उनलाई उक्त अवस्थामा देखेपछि सेक्युरेटी कम्पनीमा कार्यरत नेपालीहरूले उनलाई उद्धार तथा सहयोग गर्न १३ तारिख विहान नेपाली दुतावासमा पहल गर्न पुगेका थिए । साधारण बिमारी नै ठानेर उनलाई उपचारको लागि हस्पिटलमा भर्ना गरिदिन एनआरएनए  मलेसियालाई दुतावासबाट गनुरोध गरे पछि हस्पिटलमा लैजान एनआरएनए मलेसियाका उपाध्यक्ष टेक धिताल  तथा महासचिव सुन्दर आले मगर उक्त ठाउँमा पुगेका थिए ।

उनलाई उपचारको लागि ट्याक्सिमा लाने अवस्था नभएपछि एम्वुलेन्स बोलाई केएल हस्पिटल उपचारको लगिएको छ । चिन्तामनिलाई उपचार तथा नेपाल पठाउन दुतावासबाट पहल गर्ने द्धितिय सचिव महेश त्रिपाठीले वताउँनु भएको छ । हाल उनको उपचार केएल हस्पिटलमा गरिरहेका छ्न भने थनेतको उपचार खर्च ब्यहोर्न र घर पठाउन यहाँ रहेका नेपाली राजदुतावास मलेसिया,एनआरएनए मलेसिया,प्रवासी थारु सेवा समाज मलेसिया लगायत विभिन्न समाजसेवी युवाहरुले आर्थिक उद्दार अभियान थाली सकेका छ्न ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu