आर एन चौधरी थारु,,
फेब्रुअरी १४ तारिख/बुधबार/ मलेसिया:=मलेसियामा दुई नेपाली मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छ्न।मलेसियाको दोस्रो ठूलो प्रान्त जोहोरबारुको कुलाइ भन्ने ठाउँमा आईतबार बिहान करिब करिब ११ बजे तिर ड्युटी सकिएर कोठा फर्किए लगतै मोटरसाइकल चढेर नजिकैको तरकारी बजारमा तरकारी किनेर आफ्नो कोठा फर्कदै गर्दा मलेसियाकै स्थानीयबासिले चलाइरहेको बिपरित दिसाबाट आइरहेको कारले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटनमा परि दुई जना नेपाली गम्भीर घाइते भएको घटनाका प्रत्यक्षदर्शी हरिश्याम चौधरीले हमार सनेश ड्टकमलाई जानकारी गराउनु भयो।
घाइते हुनेहरुमा बागलुङ जिल्ला निवासी भेस बहादुर बुडा मगर र झापा जिल्ला निवासी हरि नारायण राजबन्सी रहेका छ्न ।प्रत्यक्षदर्शी चौधरीको भनाइ अनुसार घाइतेहरुको उपचार खर्चको अभाव रहेको भन्नू भयो।
घाइते मध्य हरि नारायण राजबन्सिको हातमा र खुट्टामा चोट लागेको र उपचार पछि उनी रुम फर्किएका छन भने अर्का गम्भीर घाइते भेस बहादुर बुढा मगरको स्वास्थ अवस्था निकै नै गम्भीर रहेकोे उपचार पछि फर्किएका चौौधरीले बताउनु भयो।घाइते भेस बहादुर बुढा मगरलाई अहिले मलेसियाको जोहोर प्रान्त स्थित (HOSPITAL SULTANAH AMINAH JOHOR BAHARU ) अस्पतालको इमर्जेन्सीकक्षमा राखेर उपचार गरि रहेका छ्न।घाइते दुई जना मध्य हरिनारायण राजबन्सि मलेसियामा रोजगारीकै क्रममा ४ बर्ष दुई महिना बिताइ सकेको छ्न भने अर्का गम्भीर घाइते बुढा मगर पनि ४ बर्ष नै बिताइ सकेका छ्न।