मलेसियामा एक नेपालीको दु:खद निधन (Rip/लिङ्क खोलेर पूरा समाचार पढ्नुहोस्)

Thursday, 22 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

सहकर्मी,
आर एन चौधरी थारु,,
फेब्रुअरी २२ तारिख/बिहिवार/मलेसिया:=रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको दु:खद निधन (मृत्यु )भएको छ।
नेपालको पुरानो ठेगाना धनकुटा छथर तोखुवा-५,कार्कीटार टोल निवासी र हालको ठेगाना जोरपाटी गाउँपालिका वडा नम्बर ३,कार्कीटार टोल निवासी टोक बहादुर लिम्बुको छोरा बर्ष २८ का गणेश कुमार लिम्बुको मलेसियाको पेनाङ स्थित जि बेसग्रेड प्रोडक्टस (G Besgrade Products sdn.bhd) नामक कम्पनीमा रातिमा काममा कार्यरत रहेकै बेला सोमबारको दिन बिहान करिब करिब ३:०० बजे तिर अचानक मेसिन दुर्घटनामा परि निधन भएको हो।

कम्पनीमा बिग्रेको प्राबिधिक गडबडी भएको मेसिन मर्मत गर्ने बेलामा उनी संगै काम गर्ने नेपाली सहकर्मीले नै अन्जानमा बन्द रहेको मेसिनको स्विट्च खोलि दिएर मेसिनमा बेरिएर लिम्बुको निधन हुन पुगेको भनेर
मलेसियामै कार्यरत मृतकको आफन्त खगेन्द्र खाजुम लिम्बुले जानकारी गराउनु भयो।मृतकको आफन्तको भनाइ अनुसार कम्पनीमा सोधपुछ गर्दा कम्पनीले यो घटनालाई मिलोमतो गरि मिलाउन जोडतोर गरि रहेको भन्नू भयो तर हामी त्यो पक्षमा छैनौ अब जानि जानी होस अथवा अन्जानमा होस गल्ती गर्नेलाई थोर बहुत जेल सजाय हुनै पर्छ र परिवारमा घरबार चलाउने ब्यक्तिको नै मृत्यु भैसकेको बेला पीडितको परिवारलाई कम्पनी लगायत गल्ती गर्नेले सक्दो क्षेतिपुर्तिको ब्यवस्था पनि गर्नु पर्छ भन्नू भयो।

मृतक गणेश कुमार लिम्बु बिगत चार बर्ष देखि सो कम्पनीमा कार्यरत हुनु हुन्थ्यो भने केहि बर्ष देखि सो कम्पनीमा लाईन लिडरको भुमिकामा समेत काम गर्दै आउनु भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu