घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि खुकुरी र गोलीप्रहार

Tuesday, 13 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:= कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले सोमबार राती गोलीप्रहार गरेको छ। गोली प्रहारले मेयर चौधरीको अवस्था गम्भीर छ ।राती ८ बजेतिर चौधरीमाथि खुकुरी र गोलीप्रहार भएको कैलालीका प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिए। करिब चार पाँचवटा मोटरबाइकमा आएको एक समूहले उनको घरमै गएर चौधरीमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।
चौधरीको दाँया खुट्टामा गोली लागेको र टाउकोमा खुकुरी प्रहार गरिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक उपचार सुक्खडस्थित अस्पतालमा गरी थप उपचार कोहलपुर मेडिकल कलेजमा भइरहेको रहेको पारिवारिक सदस्यले बताएका छन् । अवस्थामा सुधार नआए काठमाडौं लग्ने तयारी पनि गरिएको छ ।
फागुन २४ गते राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको थियो । कुटपिट गर्नेलाई मिलापत्र गराई छुटाएको आरोप मेयर चौधरीलाई लागेको थियो । सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेका बेला मेयर चौधरीमाथि संघातिक आक्रमण भएको छ । घटनाको सर्वत्र विरोध भइरहेको छ । आक्रमणकारी फरार छन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu