टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका २४ जनाले चार वुंदे सहमति पछि अनशन तोडियो

Monday, 12 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:=टीकापुर घटनामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका २४ जनाले स्थानीय प्रशासनसंग चार वुंदे सहमति पछि अनशन स्थगित गरेका छन । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर अनशन तोडाएका हुन ।
फागुन २० गते देखि निर्वाचित सांसद रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने माग सहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जना आमरण अनशनमा वसेका थिए ।
निर्वाचित सांसद रेशम चौधरीको सपथका लागि सम्वन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्र्तिका लागि १५ दिन भित्र सम्वोधन गरिनु पर्ने माग राखेर अनशन तोडेका हुन । १५ दिन भित्र आफ्ना माग पुरा नभए अनशनरत पक्षले पुन आमरण अनशन गर्ने चेतावनी दिएका छन ।

                         sorce:-online khabar

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu