एघार दिनदेखि सांसद रेशम चौधरी अनसनमा, स्वास्थ्यअवस्था गम्भीर बन्दै

Friday, 16 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
लक्की चौधरी,,
काठमाडौं:=राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्यहरुले कैलाली १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई यथाशीघ्र संसद बैठकमा उपस्थित गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।
वीरअस्पतालमा उपचाररत चौधरीसँग विहिबार अस्पतालमै पुगेर घण्टौं छलफल गरेका अध्यक्ष मण्डलका सदस्यले त्यस्तो आग्रह गर्नुभएको हो । “रेशम चौधरीलाई टीकापुर घटनामा संलग्न आरोपमात्र लागेको हो, दोसी प्रमाणित भएको छैन, आशंकाको भरमा यसरी सांसदलाई दुःख दिन मिल्दैन” अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भन्नुभयो । अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र महतो कार्यकर्तासहित अस्पताल पुग्नुभएको थियो ।
“रेशम चौधरीलाई टीकापुर घटनामा संलग्न आरोपमात्र लागेको हो, दोसी प्रमाणित भएको छैन, आशंकाको भरमा यसरी सांसदलाई दुःख दिन मिल्दैन” अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भन्नुभयो ।
अनसनरत चौधरीको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुग्नुभएको अध्यक्ष मण्डलका सदस्यहरुले अस्पतालबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलीफोन गर्नुभएको थियो । चौधरीको स्वास्थ्यअवस्था प्रतिकुल हुँदैगएकाले चाँडै रिहाईको व्यवस्था गर्न नेताहरुले आग्रह गर्नुभएको थियो । चौधरीको अवस्थाप्रति आफू जानकार भएको र रिहाईको प्रक्रिया मिलाइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको अध्यक्ष मण्डलका सदस्य महतोले जानकारी गराउनुभयो ।
“स्वास्थ्यअवस्था दिनप्रतिदिन विग्रदैगएको छ, सरकारले अविलम्ब चौधरीलाई अनसन तोड्न लगाउनुपर्छ, त्यसकालागि माग पूरा गर्नुपर्छ” भन्दै नेता महतोले रेशम चौधरी जनताबाट निर्वाचित सांसद भएकाले प्रमाणपत्र दिएर शपथको व्यवस्था गर्न सरकारसँग परामर्श गरिरहेको बताउनुभयो । त्यसकालागि अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैसँग परामर्श जारीरहेको उहाँले बताउनुभयो।सांसद चौधरीले आफ्नो माग पूरा नहुँदासम्म अनसन नतोड्ने बताउनुभयो । स्वास्थ्यअवस्था प्रतिकुल भएहोस्, माग पूरा नहुँदासम्म म अनसन तोड्दैन चौधरीले भन्नुभयो, “छानविन गरी दुईवटा समितिले प्रतिवेदन बुझाउँदासमेत सरकारले त्यसको कार्यान्वयन नगर्नु दुःखद हो ।”

सरकारले यसअघि अनुसन्धानका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा टीकापुर घटनाको छानविन गर्न समिति गठन गरेको थियो । सो समितिले छानविन गरी प्रतिवेदन बुझाउँदासमेत सो प्रतिवेदन सार्वजनिक गरेको छैन । त्यस्तै, पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानविन समितिले पनि टीकापुर घटनाको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर सरकारले ती दुवै प्रतिवेदन अझै सार्वजनिक गरेको छैन ।सांसद चौधरीले प्रतिवेदन सार्वजनिक गरी जनतालाई सोबारेमा जानकारी गराउन माग गर्नुभयो । “म दोसी हुँ भने कारवाही हुनुपर्छ तर निर्दोस हुँ भनेर यसरी दुःख दिन पाइँदैन” चौधरीले भन्नुभयो, “फागुन १६ गतेदेखि अनसनमा छुँ, महिना दिन पुग्नैलाग्यो सरकार कहिले सुन्छ ?” माग पूरा नहुँदासम्म आफू अनसनबाट पछि नहट्ने चौधरीले जिकिर गर्नुभयो ।
गत फागुन १४ गते चौधरीले कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेपछि पूर्पक्षकालागि कैलालीको धनगढी कारागारमा थुनामा राखिएको थियो । फागुन २० गतेदेखि कारागारभित्रै अनसन बसेपछि स्वास्थ्यअवस्था विग्रेको थियो ।
यसअघि चौधरीलाई साङ्लोले बाँधेर उपचार गराइरहेकाबेला मानवअधिकारकर्मीको तिव्र विरोध भएपछि अहिले साङ्लो हटाइएको छ । चौधरीको उपचारकक्षमा २४ घण्टा सुरक्षाकर्मीले गस्ती गरिरहनुभएको छ ।
सेती अञ्चल अस्पतालमा उपचारत रहेकाबेला सांसद चौधरीलाई थप उपचारकालागि फागुन २६ गते काठमाडौं ल्याइएको थियो । उहाँको वीरअस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ । चौधरीले अझसम्म केही खान नमानेपछि स्लाइन चढाएर राखिएको छ ।
यसअघि चौधरीलाई साङ्लोले बाँधेर उपचार गराइरहेकाबेला मानवअधिकारकर्मीको तिव्र विरोध भएपछि अहिले साङ्लो हटाइएको छ । चौधरीको उपचारकक्षमा २४ घण्टा सुरक्षाकर्मीले गस्ती गरिरहनुभएको छ ।२०७२ भाद्र ७ गते कैलाली टीकापुरमा घटनाहुँदा सातजना सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गएको थियो । सो घटनाको मुख्य आरोपी भनेर प्रहरीले चौधरीलाई खोज्नथालेपछि दुई वर्षदेखि चौधरी भारतमा लुकेर बस्नुभएको थियो । चौधरी निर्वासित अवस्थामै प्रतिनिधिसभाको कैलाली १ बाट राजपा पार्टीकोतर्फबाट निर्वाचन लड्नुभएको थियो । निर्वाचनमा भारी मतले निर्वाचित चौधरीलाई अझै निर्वाचन आयोगले निर्वाचित प्रमाणपत्र दिएको छैन ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu