थारु कलाको संरक्षणका लागि थारु कलाकारहरुवीच आपसी छलफल

Friday, 16 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
नेपालगन्ज:=थारु कला साहित्यको संरक्षण र प्रवद्र्धनका लागि नेपालगन्जमा थारु कलाकारहरुको भेटघाट भएको छ । कलाकार नरेश चौधरीको निमन्त्रणामा थारु कलाकारको भेटघाट भएको हो ।
म्युजिक भिडियोका चर्चित कोरियोग्राफी तथा कलाकार विवश चौधरी, कलाकार नरेश चौधरी, रितु नानु चौधरी, राजकुमार थारु, डान्स कोरियोग्राफी कृष्ण चौधरी, पत्रकार भगतराम थारु लगायत बाँके बर्दियाका थारु कलाकारहरुको भेटघाट भएको थियो ।
एकै ठाउँमा जमघट भएपछि थारु कलाकारहरु कसरी कलाकारिता बचाउन सकिन्छ भन्नेबारेमा चर्चा र छलफल गरेका  थिए ।
एकै ठाउँमा जमघट भएपछि थारु कलाकारहरु कसरी कलाकारिता बचाउन सकिन्छ भन्नेबारेमा चर्चा र छलफल गरेका थिए । थारु कलाकारहरुको प्रथामिकता घटदै जानुकोकारण, थारु कलाकारहरुको अवको बाटो र भविष्य लगायत विभिन्न विषयबस्तुमा छलफल भएको थियो ।
कला क्षेत्रलाई बचाई राख्न थारु कलाकारहरु एकजुट हुन अति आवश्यक रहेको कलाकार विवश चौधरीले बताउनुभयो । जम्काभेट भएपछि कलाकारहरुले आआफ्नो कार्य कमिकमजोरी र सुधार गर्नुपर्ने कुराहरु खुलेरै राखेका थिए । केही महिनामा काठमाण्डौंमा हुन गैरहेको थारु कलाकारको जमघटमा बर्दियाबाट विवश चौधरी, सोमती चौधरी र बाँकेबाट सुनिता दहित र सोम भगौरा जाने करिव निश्चित भएको कलाकार विवशले बताउनुभयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu