निरु ट्रेडर्सका सञ्चालक भन्छन्- ‘४० जनाकाे समूह अाएर मेराे घरमा अागाे लगायाे’(टिकापुर घटनालाई फर्केर हेर्दा)

Monday, 12 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
टीकापुर:=२०७२ साल भदौ ८ गतेको टीकापुर घटनामा रेशम चौधरीपछि बढी क्षति शिवनारायण चौधरीको भएको थियो। निरु ट्रेडर्सका सञ्चालक चौधरीको करोडौंको इलेक्ट्रोनिक्स सामान र तीन तल्ले घरमा आगजनी गरिएको थियो। भदौ ८ गतेको साँझ उनको घरमा करिब ४० जनाको संख्यामा आएको समूहले उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो। समूहमा अखण्ड पक्षधरमात्र थिएनन्, बर्दिधारी र सिभिल प्रहरीको पनि उपस्थिति थियो। इलाका प्रहरीका हाकिमकै उपस्थितिमा घरमा आगजनी गरेर जीउँदै मार्ने प्रयास गरेको चौधरीको भनाई छ।
‘७ गतेको घटनापछि बाहिर निस्कने अवस्था थिएन। किनकि प्रशासनले कर्फ्यू लगाएको थियो। साँझको समय थियो, ४० संख्या हराहारीमा एक समूह आयो र दनदनी आगो सल्कायो। हामी माथि छट्पटिन थाल्यौं। घरभरि धुँवा भरिसकेका थियो। ज्यान बचाउनुथियो, सबै परिवार झ्यालबाट अर्काको छत हुँदै भाग्न सफल भएँ,’ चौधरीले त्यो क्षण समिझएँ, ‘धन्न हामी बाँच्यौं, भाग्न नसकेको भएँ घरमै जलेर मारिने थियौं।’
उनले एसएसपीले आफ्नो पदको जिम्मेवारी बुझ्न नसकेको स्पष्ट पारे। एसएसपीले जनताको सेन्टिमेन्ट्स बुझेको भए त्यो कहालीलाग्दो घटना नघट्ने उनको बुझाइ छ। ‘त्यहाँ कुनै आगजनी भएको थिएन, कुनै भौतिक संरचनामा क्षति पुर्यानएको थिएन। तर एसएसपीले फायरिङ खोल्यो। शान्तिपूर्ण आन्दोलनमा गोली चलाउँदा आन्दोलनकारीको मानसिकता कस्तो हुन्छ?,’ चौधरीको प्रश्न छ।
उनले ठोकेरै टीकापुरमा कहिल्यै शान्ति नआउने दाबी गरे। भाषण गरेर शान्ति नआउने बताउँदै उनले कसैलाई बेकुब नबनाउन आग्रह गरे। ‘सद्भाव कहाँबाट आउँछ? राज्य पक्ष होस् या स्थानीय निकाय, पीडामा परेका पीडक मान्छेको मन जित्न पर्यो? नि? तँ थारु के गर्न सक्छस् भन्ने मानसिकता बोकेकाहरुबाट कसरी सद्भाव आउँछ?,’ उनले प्रश्न गरे। बाहिर सद्भाव भनेर भित्र गोली चलाउनेहरु धेरै भएको भन्दै उनले टीकपुरमा सद्भाव ल्याएर देखाउन चुनौती दिए।
उनले प्रशासन नै नलायक सावित भएपछि कसको विश्वास गर्ने बताए। टीकापुर घटना घट्नुमा प्रमुख दोषी पनि उनले प्रशासन नै लगाए। ‘घरमा लागेको आगो निभाउन स्थानीय जाँदा त्यही 
प्रशासनले हवाइ फायर गरेर आगो निभाउन जान्छस् भन्दै थर्काउँछ। अनि प्रशासनको विश्वास हामीले गर्नुपर्ने? इलाका प्रहरीका हाकिमले तपाईँहरु लड्नुस् भिड्नुस् पछाडि हामी छौं भनेर खुलमखुल्ला भन्दै हिँड्छन् अनि हामीले प्रशासनको विश्वास गर्नुपर्ने?,’ प्रशासनले गरेको विभेद्को उनले चाङ लगाए।
उनले टीकापुर घटनालाई थारुहरुको आन्दोलन कसरी बिथोल्ने, यिनीहरुको आन्दोलनलाई कसरी दबाउने, कसरी दमन गर्ने योजनासहित घटाइएको घटनाको रुपमा ब्याख्या गरे। थारुवानबाट सभार
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu