रेशम चौधरीको समर्थनमा राजधानीमा मसाल जुलुस सहित बिरोध प्रदर्सन आयोजना गर्दै

Monday, 12 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौ :=प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सुमन चौधरीले साँझ ६ बजे मसाल जुलुस निकालिने जानकारी दिए। त्यसका लागि काठमाडौंमा रहेका सम्पूर्ण थारुहरुको उपस्थितिका लागि समितिले आह्वान गरेको छ।

संघर्ष समितिको आन्दोलन परिचालन समितिले दिउँसो १ बजे थारु कल्याणकारिणी सभाको केन्द्रीय कार्यालय शान्तिनगरमा उपस्थित हुन थारुहरुको अनुरोध गरेको छ।
त्यस्तै आजै तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दैछ। उसले दिउँसो ४ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दैछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu