बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन् हुने गरी घण्टौंसम्म कुटपिट( भिडियो सहित )

Saturday, 10 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:=देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।घोडाघोडी नगरपालिका–५ देउकलीस्थित घरमा बिहान आँगन सफा गरिरहेका बेला आइपुगेका गाउँकै सात जनाको समूहले उनलाई जबर्जस्ती बाँधेर लगेका थिए ।
नजिकै छिमेकी किस्मती चौधरीको आँगनमा कुरिरहेका भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । पीडित चौधरीको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा गम्भीर चोट छन् ।कुनै समय सानोतिनो व्यापारमा संलग्न भए पनि अहिले आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे । ‘लगातार छोरीमाथि कुटपिट भयो,’ उनले भने, ‘सबैले नाटक हेरेजस्तै हेरिरहे, कसैले रोक्ने प्रयास गरेनन् ।’
‘घटना एकाएक भयो, छोरीको हातखुट्टा बाँधेर लिएर गए, गुरुवा (थारू समुदायको झाँक्री) भएको ठाउँमा पुग्दा सयौं मान्छे जम्मा भइसकेका थिए,’ उनले भने, ‘हामी एक्लाको कुरा कसले सुन्ने ? कसैले सुनेनन् ।’ पीडित राधाकी आमा फूलकेशरीले कुटपिट रोक्नुको सट्टा जम्मा भएका स्थानीयले ताली बजाएको बताइन् । ‘हामी रोइकराइ गरिरहेका थियौं, अरू ताली बजाइरहेका थिए,’ उनले सुनाइन् ।, कान्तिपुर दैनिकमा खबर 
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu