राजपाद्वारा रेशम चौधरीको रिहाईको माग/गृहमन्त्री यस् विषयमा सकारात्मक

Saturday, 10 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
काठमाडौं:=राजपा अध्यक्ष मण्डलका  सदस्यहरुले हाल कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको रिहाईको माग  गरेका छन् । नेताहरुले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर रिहाईको माग गरेका हुन् । 

भेटका क्रममा आफूहरुले अनसन बसिरहेका कारण चौधरीको स्वास्थ्यमा खराबी आएकाले गम्भीर बन्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । जवाफमा चौधरीका बारेमा  के  गर्दा राम्रो हुन्छ भन्दै बादलले राजपाको राय माग गरेका थिए ।  त्यसपछि राजपाका नेताहरुले रिहाई गरेर चौधरीलाई सांसदको सपथ दिलाइनुपर्ने बताएका थिए ।  अत्याधिक बहुमतका साथ  चौधरी बिजयी भएकाले जनमतको सम्मान गर्दै  सपथको बातावरण मिलाइनुपर्नेमा आफूहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराइएको यादवले बताए।

राजपाका नेताहरुको कुरा सुनेपछि गृहमन्त्रीले यसबारे आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीसँग सल्लाह गरेर उचित निर्णय लिइने जवाफ दिएको यादवले बताए । गृहमन्त्रीले आफूपनि आन्दोलनबाट आएको पात्र भएकाले चौधरी प्रकरणलाई नजिकबाट बुझिरहेको समेत बताएका थिए ।कसुर साबित नभैइ यसरी कसै लाई थुनामा राख्नु उचित नरहेको धारणा राख्नु भयो ।भेटमा राजपा अध्यक्ष मण्डलका  अध्यक्ष  महन्थ ठाकुर,  सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरतसिंह भण्डारी, अनिल झा र नेता वृषेशचन्द्र लालको सहभागिता रहेको थियो ।
अर्का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भने अनुपस्थित रहेका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu