हमार सनेश सहकर्मी,
तिलोचन गौतम,,
मलेसिया:=मलेसियाको बुकिटबिन्ताङ भन्ने ठाउँमा बेवारिसे अबस्थामा भेटिएका नवलपरासी जिल्ला अगौली ७ निवासी चिन्तामणि थनेत (थारु) लाई सकुशल नेपाल फिर्ता गराइएको छ ।
प्रवासी थारु सेवा समाज मलेसियाका वरिष्ठ सल्लाहकार रमेश चौधरीले उनलाई बेवारिसे अबस्थामा फेला पारेपछि मलेसिया स्थित नेपाली राजदुतावास लगेर सार्वजनिक गरेका थिए । दूतावास लगाएत मलेसियामै रहेर श्रमिकको हक हितका निमित्त लागि परेका समाजसेवि एन आर एन मलेसियाका महासचिव सुन्दर आले मगर लगायतको सक्रियतामा एम्बुलेन्समा चढाइ अस्पताल पुर्याउइए पछि केही दिन पछि पुनः दूतावास सङ्ग समन्वय गरेर प्रबासी थारु सेवा समाज मलेसियाको सहयोगमा हस्पिटलमा भर्ना गराइएको थियो।हस्पिटलको उपचार पछि बिरामी लाई केहि मात्रामा ठिक भएको थियो ।
उनलाई नेपाल पठाउने भन्दै नेपाल एयरलाइन्सको टिकट काटेर नेपाल पठाउन लाई एर्पोट लगिएको थियो तर उनलाई स्वदेश फर्काउन फिट्टु फ्लाइट सठिपिकेट चाहिने भन्दै नलिएपछी फेरि उन्लाइ नेपाल आदिबासी जनजाति महासंघ मलेसिया का अध्यक्ष पि टि शेर्पा को परामर्श र नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका उपाध्यक्ष तथा संचार बिभाग प्रमुख ,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक आर एन चौधरी थारु र सहयोगी जिवराज महतो लगायतको विशेष सक्रियतामा तामान देशा मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।त्यहाँ बाट आवश्यक उपचार गरि नेपाल फर्कनका लागि फिट्टु फ्लाईट सटिफिकेट मिले सङै चिन्तामणि थनेत थारु लाई मलेसिया बाट स्वदेश फर्काइएको हो ।
नेपालबाट उनका आफन्तले १८०० मलेसियन रिंगेट आर्थिक सहयोग पठाएका थिए र यहाँ मलेसिया स्थित हारपासेले पनि लगभग मलेसियन रिङ्गिट आर एम ६७८ जति बेहोरेको र अरु बाकी बसेको खर्च प्रबासी थारु सेवा समाज मलेसियाले गरेको थियो । हिजो साझ ६:३५ मा हिमालयन एयर लाइन्स बाट थारु लाई नेपाल फर्काइएको हो ।
अझै पनि थनेतको स्वास्थ्य अबस्था पुरा ठिक नरहेकोले हिजो बेलुका नेपाली समय करिब ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल बाट चिन्तामणिकि दिदि बिन्दु थनेतले निजलाइ रिसिभ गरेर अस्पतालमा भर्ना समेत गरिसकेको महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी गराउनु भयो।
