"राधालाई समाजले स्वागत गरोस्"
प्रिय बहिनी राधा,
मैले घण्टौंसम्म सोचें, तिमीलाई के भनेर सम्बोधन गरू“। आजबाट म तिमीलाई मेरी बहिनीको दर्जा दिदै छु। आशा छ, तिमीलाई यो कुराले कुनै आपत्ति हुदैनहोला । किनकि तिमी पनि मजस्तै बाल्यकाल कमलरी भएर अर्काको घरमा बिताएकी थियौ। बाआमाको काखमा खेल्ने उमेर अरूको दास भएर बसेकी थियौ। कमलरीबाट मुक्त भएर बा“की जीवन सुन्दर बनाउने प्रयास गर्दैगर्दा तिम्रो जीवनमा जुन बज्रपात आइलाग्यो, मलाई विक्षिप्त बनायो। यसले के भन्छ भने, समाज अझै ढुंगे युगमै छ । मेरी बहिनी, १८ वर्षसम्म तिमीले जुन गाउका मान्छेसग मित्रता गास्यौ, काकाकाकी, दाजुभाउजू, हजुरआमाबुवा भाइबहिनी, साथीसंगी भनेर साइनो लगायौ, जुन गाउ“ समाजलाई तिमीले हरक दुःखसुख बिसाउने चौतारी सम्झियौ, जुन आ“गनमा तिमीले आफ्नो बालापन बितायौ, त्यही गाउ“मा अनि त्यही आगनमा तिमीलाई कथित बोक्सीको बिल्ला भिराएर लछारपछार गररे निर्मम यातना दिइयो। कुटियो, घण्टौंसम्म तड्पाईतड्पाई ठूलो जमातसामु तिम्रो बेइज्जत भयो। त्यस्तो दर्दनाक दृश्यलाई तिम्रा नातेदारले रमिता मानेर बसे। समाजको कलंकका रूपमा रहेको रामबहादुर चौधरी अर्थात् ‘भोलेबाबा’ ले तिमीलाई नागिन कतिबेला बनाउछ भन्दै आशा गरका रमिते बने। तिमीलाई सयौं मानिस बीचमा निरन्तर ६ घण्टासम्म थिलथिलो हुनेगरी कुटिदा कसैले तिमीप्रति दया नदेखाएको देख्दा निःशब्द छु। मैले पत्याउनै सकेको छैन, त्यस्तो दर्दनाक दृश्य चुपचाप हेर्ने मानिस पनि यो मुलुकमा रहेछन् । सयौं लात र मुड्की प्रहार हु“दा तिमी चिच्चाइरहेकी थियौ कि मलाई बचाउनुस् भनेर । मेरो केही गल्ती छैन भनेर हारगुहार माग्दै थियौ, तर तिम्रो चित्कारमाकसैले दया देखाएन । मानांै त्यहा कोही पनि दया भएका मानिस छैन । त्यो मानवताविहीन समाजमा तिम्रो चित्कार चिच्याहट कसैले सुनेन । अन्धविश्वासी समाजको चंगुलममा परका र े मितेको कानमा तिम्रा चित्कारको आवाज घुसेन । कसैमा अलिकति पनि ममता जागेन अनि दया पलाएन । ती अन्धविश्वासी सबै रमितेलाई धिक्कार छ । तिम्रा कपाल समातेर फन्फनी घुमाउदा मात्र होइन, पेटमा लात्तीले हान्दा ती बज्रस्वाठ रमितेको आखा फुटेका थिए ।

तिम्रो बाहिरी अंगमा लागेको चोट त केही अस्पतालको मलम र औषधिले केही दिनमा सन्चो होला, तर मानसिक र सामाजिक चोटलाई जति मलमपट्टी लगाए पनि सन्चो हुन सक्दैन बहिनी । तिमीले सहेका चोट र पीडाको दृश्य सम्झ“दा म आफैंले
भोगेको अनुभूत गर्छु । २०७४/११/२६ गते बिहान करिब ४ बजेतिर फेसबुक खोल्दा देखेको खबर मलाई पत्याउनै गाह्रो भयो। त्यसपछि आफूले चिनेका साथीस“ग बिहानैदेखि फोन सम्पर्क गर्न थाले । कुरा बुझ्दै जादा कुनै
सडक नाटक मञ्चनजस्तो देखिने दृश्य नाटक नभई वास्तविक भएको थाहा पाए। अनि म छटपटिए । तिमीलाई कहिले भेटु भन्दै अत्तालिन थाले“ र करिब ७ बजे दाङबाट कैलाली हिंडे“ं । सुरुमा मेरो भेट सुख्खडका प्रहरी नायब निरीक्षक दिनेश विष्ट सग भयो र उनको भनाइबाट इलाका प्रहरीमा कथित बाबा भोलेका समर्थक आएर उसलाई राम्रो र सही मान्छेको ट्याग लगाउन प्रयासररत करिब ६-७ ट्रयाक्टर मान्छे आएर मिलापत्र गराएर पठाएको बुझियो। कतिले सामाजिक सद्भाव खल्बलिन्छ भनेर दबाब दिएछन् । बहिनी, सयौंका रमिते मानवअगाडि लगातार छ घण्टासम्म निर्घात पिटिदा सामाजिक सद्भाव भडकएन । तर प्रहरी कार्यालय सुख्खडबाट ‘कथित भोलेबाबा’ लाई
रिहाइ गरिएन भने सामाजिक सद्भाव भडकने डर देखाइदा मैले आफैंलाई प्रश्न गर“, हामी कुन युगमा छौ े ं ? प्रहरी नायव निरीक्षक विष्टले गाउ“ जाने भए आफ्नो सुरक्षा आफैं गर्नु, गाउ“ आक्रोशित छ भन्न लागे। जहा राधा तिमी बोक्सी आरोपमा निर्घात कुटिएकी थियौ। त्यही गाउ“ जाने प्रयास गर“ े। पूर्वपश्चिम राजमार्गबाट करिब ३-४ किमिभित्र दक्षिण पर्दोरहेछ । घोडाघोडी नगरपालिका ५ देवकलिया गाउ पुगे । म
पुग्दा गाउ“ले ‘भोलेबाबा’ को पक्षमा नारा लगाउदै थिए । लाजले म त्यहा“ धेरबे ैर बस्न सकिन । र, फके र्। बिचरी मेरी बहिनी, तिमी यस्तो समाजमा कसरी १८ वर्ष बितायौ, जहा“ मानवताको एकरत्ती छैन । तिमीलाई भेट्ने आशाले म धनगढीस्थित सेती अञ्चल अस्पताल पुगे । तिम्रोसामु पुग्दा शøयामा अचेत थियो। तिमीलाई भेट गर्ने मानिसको घुइचो लागेको थियो। पत्रकार, जनप्रतिनिधि, विभिन्न संघसंस्थाबाट भेट्न
आउने, सान्त्वना दिने र तिम्रो पक्षमा बोल्नेको कुनै कमी देखिन“। एकछिन तिमी एक्लै थियौ। तिमीलाई
कुर्न बसेकी दिदीले मेरो जिम्मा लगाई सांसदज्यूलाई घटनाबार के े ही सुनाउ“दै थिइन्। त्यसैबेला तिम्रो मुखबाट अचानक आवाज आयो, ‘दिदी म शौचालय जान्छु।’ तिमी आफू शøयाबाट उठ्न सक्ने अवस्थामा थिइनौ। म र एकजना साथीले तिमीलाई शौचालय लग्न उठाउने प्रयास ग¥यौं । तिम्रो मुखबाट एøयाबाहेक अर्को शब्द निस्केन । तिमीलाई उठाउ“दा कानको पछाडि र ढाडमा अनगिन्ती चोट देखेर म एक्लै तिमीलाई सम्हाल्ने अवस्थामा थिएन । साथीको सहयोगले शौचालय लग्यौं । सयौं मान्छे भेट्न आए । सबैको मुखमा बिचरी शब्द झुन्डिएको सुनिन्थ्यो। उनीहरू सान्त्वना दि“दै सेल्फी खिच्थे। तिमी आफैं पीडित अवस्थामा थियौ तर भेट गर्न आउनेले तिमीलाई एकएक गरी प्रश्न सोध्दा झनै प्रताडित भएको मैले महसुस गर“ े।

कैलालीका प्रमुख जिल्ला अधिकारी र प्रदेश ७ का मुख्यमन्त्रीस“ग भेट्दा तिम्रो सुरक्षादेखि उपचार खर्च सबै सरकारले व्यहोर्ने भनेर सकारात्मक जवाफ पाए“। तिमी हरक सञ्चार े माध्यममा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बोक्सीको आरोपमा कुटियौ भनेर
छाइसकेकी थियौ। तिम्रो स्वास्थ्यलाभको कामना गर्ने र तिमीलाई न्याय दिलाउने लाखौं समर्थक छन् । भोलेबाबाको नामले चिनिने दोषी र त्यसमा संलग्न सबैलाई हदैसम्मको सजाय हुनैपर्छ । यसमा राज्यको गम्भीर ध्यानाकर्षण होस् । मेरी बहिनी, जसरी तिमी लगातार पिटियौ। जुन
समाजमा तिमी निर्घात कुटियौ। हो, त्यही समाजले तिमीलाई सम्मानका साथ स्वागत गरोस् र त्यही समाजका रमितेहरूले तिमीलाई साथ देऊन्।

शीघ्र स्वास्थ्यलाभको कामना ।
उही दिदी
उर्मिला चौधरी
पूर्वकमलरी, दाङ
उर्मिला चौधरी
पूर्वकमलरी, दाङ