हमार सनेश सहकर्मी,,
मार्च १६ तारिख/शुक्रबार/मलेसिया:=मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कने तयारीमा रहेका एक नेपालीको मृत्यु भएको छ ।
मलेसियामा बिगत ३ बर्ष देखि गैरकानुनी अवस्थामा अबैधानिक रुपमा कार्यरत रहेको अभियोगमा पक्राउ परेर झण्डै तीन महिना जेल सजाय भोगेका माझी फेदा, गाविस काभ्रे जिल्ला निवासी अंगेश तामाङको उपचारको क्रममा मंगलबार (मार्च १३ तारिख )का दिन मृत्यु भएको हो । ।

मलेसियाको जोहरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिर्पोटेशन सेन्टर) मा रहेका उनी अचानक विरामी भएपछि स्थानीय अस्पतालमा पुर्याइएको थियो।अस्पतालमै उनको मृत्यु भएको बताईएको छ । तामाङको सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिर्पोटमा उल्लेख रहेको छ ।
नेपाली राजदूतावास मलेसियाका अनुसार तामाङ जेल सजाय पूरा गरेर मार्च २२ मा घरफिर्ने तयारीमा थिए ।
नेपाल आदिवासी जनजाति मलेसियाका केन्द्रिय अध्यक्ष पि.टी शेर्पा पिनासाका अनुसार तामाङका भाई उर्गेन तामाङलाई लिएर दूतावास पुगेर उनको शब पठाउन पहल गरिएको छ र नेपाली दूतावासकै सहयोगमा केही सातामै मृतक तामाङको शब नेपाल पठाइने पनि महासंघका केन्द्रिय अध्यक्ष शेर्पाले बताउनु भयो।