मलेसियामा बेवारिसे अवस्थामा भेटिएका एक नेपाली संघसंस्थाको सहयोगमा आज स्वदेश फिर्ता हुँदै

Thursday, 8 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
तिलोचन गौतम,,
मलेसिया :=मलेसियाको बुकिटबिन्ताङ नजिकैको खुल्ला बाटोमा हिडिरहेका रमेस चौधरीले एक जना ब्यक्ती रोड नजिकै छट्पटाइरहेको  देख्छन् पेट निकै ठूलो अनि ज्यान सुकेको एक ब्यक्ति बेवारिसे  अबस्थामा देखेर उनको कदम अगाडि बढेन जो अनि जुन बढेको मान्छे होस उनि भित्र भएको नेपाली पनले थोरै धेरै सहयोग गर्ने र बास्तबिकता बुझेर मात्रै गन्तव्य तिर लाग्ने निधो गरे । नजिकै गएर पीडित संग कुरा गर्न थालेका उनी आफु नेपालको नागरिक बताए पछि अझै चासो बड्यो चौधरी लाई ।

उनी नवलपरासी जिल्ला अगौली ७ का चिन्तामणि  थनेट (थारु) रहेछन । नेपाली लाई यस्तो अबस्थामा देख्न नसकेर चौधरीले मलेसियामा स्थित नेपाली राजदुतावास लिएर आएर सार्वजनिक गरे मलेसियामै रहेका समाजसेवि एन आर एन मलेसियाका महासचिव सुन्दर आले मगर लगायतको सक्रियतामा एम्बुलेन्समा चढाइ अस्पताल पुर्याउइए पछि केही दिन पछि पुनः दूतावास सङ्ग समन्वय गरेर प्रबासी थारु सेवा समाज मलेसियाको सहयोगमा हस्पिटलमा भर्ना गराइएको थियो।हस्पिटलको उपचार पछि बिरामी लाई केहि मात्रा मा ठिक भएको थियो । उनलाई नेपाल पठाउने भन्दै नेपाल एयरलाइन्सको टिकट काटेर नेपाल पठाउन लाई एर्पोट लगिएको थियो तर उन्लाइ स्वदेश फर्काउन फिट्टु फ्लाइट सठिपिकेट चाहिने भन्दै नलिएपछी फेरि उन्लाइ  नेपाल आदिबासी जनजाति महासंघ  मलेसिया का अध्यक्ष पि टि शेर्पा को परामर्श र नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका उपाध्यक्ष तथा संचार बिभाग प्रमुख ,प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक आर एन चौधरी थारु र सहयोगी जिवराज महतो लगायतको  सक्रियतामा तामान देशा मेडिकल सेन्टरमा भर्ना गरियो।त्यहाँ बाट आवश्यक  उपचार गरि नेपाल फर्कनका लागि फिट्टु फ्लाईट सटिफिकेट डकुमेन्ट लिई नेपाल फर्काउने तयारी पूरा भएको छ ।

चिन्तामणि थनेट थारु लाई मलेसिया बाट स्वदेश फर्काउन को लागि सबै प्रक्रिया पूरा भैइसकेको र नेपाल बाट उनका आफन्तले १८०० मलेसिया रिंगेट पठाएका थिए र यहाँ मलेसिया स्थित हारपासेले लगभग मलेसियन रिङ्गिट आर एम ६७८  बेहोरेको र अरु बाकी बसेको खर्च प्रबासी थारु सेवा समाजले गरेको बसेको आदिवासी जनजाति महासंघ मलेसियरका अध्यक्ष पिटि शेर्पा पिनासाले जानकारी  गराउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu