रेशम चौधरीसँगै जेलमै अनशन बसेका दुई थारु नेता अस्वस्थ/अस्पताल भर्ना गरियो

Wednesday, 7 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी,,धनगढी:=कैलाली कारागारबाटै आमरण अनशन थालेका २४ जना थुनुवामध्ये दुई जनालाई अहिले चेकजाँचका लागि अस्पताल पुर्‍याइएको छ ।फागुन २० गते साँझदेखि आमरण अनशन थालेका थारु नेता लक्ष्मण थारु र किसन चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल पुर्‍याइएको हो ।

अस्पतालका फिजिसियन डाक्टर रुपेशकान्त मिश्रका अनुसार लक्ष्मण थारुको पेट र छातीमा समस्या देखिएको छ । आवश्यक जाँच भइरहेकोले केही समयपछि रिपोर्ट आउने डाक्टर मिश्रले जानकारी दिए । अर्का थुनुवा किसन चौधरीको प्रेसर बढेको जनाइएको छ ।

फागुन २० गतेदेखि तीन बुँदे माग राख्दै आमरण अनशनमा रहेका उनीहरू सांसद रेशम चौधरीलाई विजयको प्रमाणपत्रसहित शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरुलाई रिहाई गरिनुपर्ने र थरुहटको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन् । तर सरकारले हालसम्म उनीहरूको बारेमा बोलेको छैन ।

रेशम चौधरीको पनि स्वास्थ्य स्थिति कमजोर बन्दै गएको छ ।यसैबीच रिपोर्टिङ गर्न अस्पताल पुगेका सञ्चारकर्मीहरुलाई फोटो खिच्नमा कडाई गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको आदेशपछि मात्रै प्रहरीले फोटो खिच्न दिएका थिए।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu