मलेसियामा नेपालबाट आएका तेक्वान्दोका १० जना खेलाडी सम्मानित(सेयर गर्नुहोस्)

Tuesday, 6 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
मार्च ६ तारिख/मंगलबार/मलेसिया:=मलेसियामा केही दिन अगाडि मार्च १ तारिख देखि ४ सम्म आयोजना गरिएको (world taekwondo malaysia open championship - 2018) पुत्राजाया अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा भएको खेलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मलेसिया आउनु भएका १० जना होनहार नेपाली तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छ्न।
नेपाली राजदुतावासको प्राङ्गणमा दूतावासका कार्यवाहक राजदूत कुमार राज खरेल र द्धितिय सचीव प्रेम राज गौतमले  खेलाडीहरु लाई भब्य स्वागत गरेका थिए भने खेलको बारेमा नेपाली खेलाडीहरुको स्थिती बारे र समसमायिक बिषयमा अन्तरक्रिया,छलफल कार्यक्रम समेत गरेको छ।

नेपाली प्रवासी सितोरियो कराते संघ मलेसिया,
नेपाल आदिवासी जनजाती महासंघ मलेसिया र तामाङ बौद्ध महासंघ मलेसियाले राजधानी क्वालालम्पुरमा संयुक्त रुपमा आयोजना गरेको एक भब्य सम्मान कार्यक्रममा ती खेलाडीहरु सम्मानित भएका हुन।
सम्मानित हुनेहरुमा नेपाल तेक्वान्दोका प्रमुख प्रशिक्षक तथा उप-अध्यक्ष नन्द कुमार राई ,अन्तर्राष्ट्रिय रेफ्री तथा सचीव नवीन कुमार क्ष्रेष्ठ ,नेपाल तेक्वान्दो संघका प्रशिक्षक विशाल रायमाझी ,त्यसै गरि खेलाडीहरुमा क्रमशः भुपेन क्ष्रेष्ठ ,कल्पना चौधरी,उज्ज्वल  गुरागाई ,रन्जन क्ष्रेष्ठ ,उमेश राज भण्डारी ,मनोज मल्ल ,अस्मिता खड्का लगायतका रहेका छ्न।

उनिहरु लाई नेपाली प्रवसी सितोरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईराला ,आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष फूपू तेम्बा शेर्पा (पिटि शेर्पा पिनासा),प्रवासी थारु सेवा समाज मलेसियाका संस्थापक/संरक्षक तथा आदिवासी जनजाती महासंघ मलेसियाका उप-अध्यक्ष घनश्याम चौधरी उर्फ (आर एन चौधरी थारु ),तामाङ बौद्ध महासंघ तथा प्रवासी कराते संघका महासचिव सोनाम नोर्बु तामाङले संयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरि सम्मानित गरेका हुन।

ओपन तेक्वान्दो च्याम्पियनसिपको महिला सिनियर ४९ केजीमुनिको खेलमा शनिबार तेक्वान्दोकि खेलाडी नेपालकी अस्मिता खड्काले कांस्य जितेको उपलक्ष्यमा सम्मान कार्यक्रममा उपस्थितहरुले उहाँलाई बधाई समेत दिइएको थियो।
सोनाम नोर्बु तामाङले संचालन गरेका सो सम्मान कार्यक्रमा मलेसियामा रहेका करातेका नेपाली खेलाडीहरु दोर्जे तामाङ,भिम महरा,राम तामाङ,तुलाराम धामी ,मनिकुमार थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
खेलाडीहरु लाई भब्य सम्मान, स्वागत गर्नुको साथै नेेेेपाली रेष्टुरेन्ट मण्डलामा खाना खाजाको ब्यवस्था समेत गरिएको थियो।


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu