फाल्गुन २१ , थारु युवा सभा केन्द्रिय समितिको आयोजनामा भोलि फाल्गुन २२ गते १२:३० मा रास्टृय राजनितीमा थारु समुदायको भुमिकाबारे रिपोर्टस क्लव काठमाडौमा अन्तक्रिर्या कार्यक्रम हुने भएको छ ।युवा सभाको केन्द्रिय सद्स्य चन्चल चौधरीको अनुसार सो कार्यक्रम हाल सपथ ग्रहण गरेका थारु सान्सदहरुलाइ बधाई तथा शुभकामना दिने कार्यक्रम रहेको छ ।
बिगतका देशमा भएका राजनितिक परिवर्तनमा थारु समुदायले उल्लेखनीय भुमिका रहेता पनि हाल आएर थारु समुदायका प्रतिनिधिहरुलाइ उचित स्थान दिन ठुला दलहरुले अनाकानी गरेकोले यश कार्यक्रमको आवश्यकता परेको थारु युवा सभाका केन्द्रिय अध्यक्ष कानुनलाल चौधरीले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा सबै राजनितिक दलका सान्सद तथा थारु अधिकारकर्मीहरु कोलाई निमन्त्रणा गरिएको छ ।
कार्यक्रमकको मुख्य उदेश्य बर्तमान सरकार निर्माण प्रक्रियामा थारु समुदायको सहभागीतालाइ चिन्तन गरिनेछ ।


