बारा:= कृषि राज्यमन्त्री रामकुमारी चौधरी तराईका जिल्लामा लगाइएको समस्याग्रस्त मकैखेती निरीक्षण गर्न शनिबार बाराको सिम्रौनगढ पुगेकी छन् ।हजारौं विगाहामा लगाइएको नगद बाली मकैको घोघामा दाना नलागेपछि व्यापक जनगुनासो आएपछि राज्यमन्त्री चौधरी स्थलगत भ्रमणमा पुगेकी हुन । मकैबारीमा मन्त्रीलाई भेटेपछि कृषकहरू समस्या समाधान हुनेमा ढुक्क भएका छन् ।
यसपालीको बालीमा मकै खेर जाने अवस्था आएपछि सर्वसाधारणले समस्या समाधानका लागि बारम्बार कृषि मन्त्रालय अन्तर्गतका निकायमा गुनासो गरेका थिए ।‘यो अवस्था देखेर किसान मर्कामा परेको अनुभुत गरेकी छु’, मन्त्री चौधरीले भनिन्,‘यसको कारण बुझि तत्काल रिपोर्ट बुझाउन बारा जिल्ला कृषि अधिकृत लगायतका कर्मचारीहरूलाई निर्देशन दिने काम गरेकी छु ।’