हमार सनेश सहकर्मी,,
दाङ:=शनिबार घोराहीमा भएको थारू भाषा सरकारी कामकाजी भाषा कार्यान्वयनमा ल्याउन हाम्रो(सेवाग्राही)को भुमिका के? बिषयक अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सांसद शान्ता चौधरीले थारू भाषालाई घोराही उपमहानगरपालिकाले सरकारी कामकाजी भाषाको मान्यता दिसकेको अवस्थामा पनि हामी थारूहरूले आफ्नै अग्रसर भएर अगाडी नलाग्नुले पनि थारू भाषा कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएकी चौधरीले थारू भाषा कार्यान्वयनमा ल्याउन उपमहानगरपालिकामै प्राबिधिक समस्या भएपनि थारू समुदायका सेवाग्राहीहरू नै उपमहानगरपालिकामा सेवा लिदा थारू भाषा प्रयोग नगर्नुले झनै थारू भाषा कार्यान्वयनमा आउन नसकेको बताउनु भएको छ। यसकालागि थारू सेवाग्राही स्वयं आफूले उपमहानगरपालिकाबाट सेवा लिदा थारू भाषा प्रयोग गरिनु पर्ने सुझाउनु भएको छ। साथै थारू भाषा संस्कृति संरक्षणमा विभिन्न राजनीतिक गुट उपगुटहरू देखिएकाले त्यसप्रति दुख ब्यक्त गर्दै आइन्दा दिनहरूमा सबै थारू एकजुट भइ राजनीतिक विभेद भन्दा बाहिर रहेर कार्यक्रम गर्नु पर्ने र आफूले प्रतिनिधि सभाबाट सक्दो सहयोग गर्ने बताउनु भएको छ। यसकासाथै आफूलाई थारूप्रती पुर्वाग्रह रहेको आरोप बेला बेलामा लाग्ने गरेकाले कुनै पनि थारू ब्यक्ति थारू समुदायको विरोधी हुन सक्दैन भनी त्यसको खंडन गर्नु भएको छ।
सोही कार्यक्रममा थाकस दाङ जिल्ला अध्यक्ष तेजमान चौधरीले थारू भाषा सरकारी कामकाजी भाषाको रूपमा कार्यान्वयनमा ल्याउन प्रत्येक वडाहरूमा एक एकजना थारू भाषामा जानकार कर्मचारी राख्नुपर्ने औंल्याउनु भएको छ। यस्तै सोही कार्यक्रममै प्राध्यापक केवि चौधरीले थारू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा कार्यान्वयनमा ल्याउन उपमहानगरपालिका एवम् स्थानीय निकायले प्राविधिक तयारी गरि छुट्टै नियम/कानुन बनाइ भाषाको छुट्टै विभाग बनाउनुका साथै थारू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोग हुनुपर्छ भन्ने कार्यको तर्क स्पस्ट रूपमा सेवाग्राहीलाई बुझाउन जरुरी रहेको सुझाउनु भएको छ। सोहिक्रममै वरिष्ठ साहित्यकार छबिलाल कोपिलाले थारू भाषाको कार्यान्वयनमा सहजता ल्याउनलाई थारू भाषालाई प्राथमिक विद्यालयमा पाठ्यक्रममा मात्र नभई निम्नमाध्यमिक/माध्यमिक विद्यालय स्तरका सम्पुर्ण कक्षाहरूमा थारू भाषालाई ऐच्छिक बिषयका रूपमा पाठ्यक्रममा समाबेश गरिनु पर्नेका साथै प्रारम्भिक चरणमा थारू भाषाको व्याकरणमा समस्या आउने डरले थारू भाषामा लेख्न नहिचकिचाउनु पर्ने सुझाउनु भएको छ। सोही कार्यक्रममा ख्याल बगालका अध्यक्ष सवि थारूले थारू भाषा कार्यान्वयनमा ल्याउनलाई उपमहानगरपालिकामा थारू भाषा जानकार जनशक्तिको कमिका कारणले थारू भाषा कार्यान्वयनमा आउन नसकेको औंल्याउदै अब उपमहानगरपालिकाले थारू सेवाग्राहीहरूको निवेदन लेख्नका लागि थारू भाषा जानकार ब्यक्तिलाई सुरुवातमा न्यूनतम तलबमा भएपनि कर्मचारीका रूपमा राख्नुपर्ने र उपमहानगरपालिकाको लेटरप्याडमा थारू भाषा प्रयोग गरिनु पर्ने बताउनु भएको छ। सोही कार्यक्रममा ख्याल बगालको तर्फबाट प्रतिनिधि सांसद शान्ता चौधरीलाई बधाई तथा शुभकामना ख्याल बगालका अध्यक्ष सवि थारूले दिनुभएको थियो।
कार्यक्रममा गायक शालिकराम चौधरी,गायक रोशन रट्गैया,पत्रकार सन्तोष दहित,सविता चौधरी,कृष्ण समर्पण,शर्मिला दहित,अमृता चौधरी,महेश चौधरी लगाएतकाले आफ्नो कुरा राखेका थिए । ख्याल बगालकि उपाध्यक्ष बिष्णु कुसुमको स्वागत मन्तवबाट सुरु भएको कार्यक्रम ख्याल बगालका अध्यक्ष सवि थारूले गर्नु भएको थियो। कार्यक्रमको सहजीकरण ख्याल बगालका सचिव प्रणव आकाश र सञ्चारकर्मी लक्ष्मीमान चौधरीले गर्नु भएको थियो।