कोल्हबीमा ऐतिहासिक दोस्रो मत्स्य एबम कृषि महोत्सव २०७४ आयोजना हुने

Tuesday, 6 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,
धिरेन्द पनुहर ,,
कोल्हबी /बारा :=नेपाल मत्स्य ब्यसायी संघ जिल्ला कार्य समिती बाराको आयोजनामा सोमबारका दिन उधोग बाणिज्य संघ कोल्हबीको सभाहलमा ऐतिहासिक दोस्रो मत्स्य एब कृषि महोत्सव २०७४ बिस्तृत जानकारी गराउने हेतुले पत्रकार सम्मेलन सम्पन्न गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका करैयामाई गाँउपालिकाका अध्यक्ष भुनेश्व धामिले माछा उत्पादनका कारण हाम्रो जिल्ला नेपाल अधिराज्य भरी प्रख्यात छ । माछा पालनले समाज र कृषक दुबैलाई फाइदा हुने कुरामा जोड दिदै आफ्नो आफ्नो कर्म गर्न किसानहरुलाइृ आग्रह गरे ।

नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय सदस्य गिरधारी चौधरीले एक बिगहामा खेती गरेर आफ्नो परिवार पाल्न गाह्रो हुने तर एक बिगहा जमिनमा माछा पालन गरेमा सजिलो सङ परिवारको जिबिकोपार्जन गर्न सकिने भएकोले माछा पालन गर्नको लागि कृषकहरुलाइ आग्रह गरेका थिए ।
करिब १३ लाखको लागतमा हुने सो महोत्सवका लागि ५५ वटा स्टलहरु राख्ने भएको महोत्सव तयारी समितिका संयोजक बिरेन्द्र चौधरीले जानकारी दिए । ऐतिहासिक दोस्रो बारा मत्स्य एव कृषि महोत्सव २०७४ लाई भब्य बनाउका लागि कोल्हवी नगरपालिका मुख्य प्रयोजकका रुपमा रहेका छन् ।
माछाका परिकारहरु, विभिन्न स्वदेशि तथा बिदेशि कम्पनीका स्टलहरु, तराई, मधेश तथा मध्य पहाडी माछाका स्टलहरु, विभिन्न प्रकारका माछा पसल, तथा माछा सप्लायर्सका स्टलहरु, माछासंग सम्बन्धीत औजार उपकरण तथा दाना, औाधी कम्पनीका स्टलहरु , कृषि उपजका स्टलहरु लगायतका स्टलहरु सो महोत्सवमा राखिने संघका जिल्ला सचिव रबिन्द्र चौधरीले जानकारी दिए ।
महोत्सव फाल्गुन २५ देखि २७ गते सम्म चल्ने संघका जिल्ला अध्यक्ष साहले बताए । महोत्सवलाई सफल बनाईदिनका लागि र नेपालमा नै माछाको रुपमा चिनिन्ने बारा जिल्लाको पहिचान माछा महोत्सवबाट अझै प्रगाढ बनाउनेमा आफु निकै आसावादी रहेको अध्यक्ष साहले भने ।

पत्रकार सम्मेलनमा कोल्हबी नगरपालिकाको वडा नम्बर १ का अध्यक्ष बिरेन्द्र चौधरी स्थानिय रामनाथ चौधरी ,राम प्रसाद प्रसाईं लगायतकाले आफनो बिचार ब्यक्त गरेका थिए ।
महोत्सवको बारेमा बिस्तृत जानकारी नेपाल मत्स्य ब्बयसायी संघका जिल्ला अध्यक्ष जङबहादुर साहले गराएका थिए । कार्यक्रमको सभापतित्व महोत्सव तयारी समितिका संयोजक बिरेन्द्र चौधरीले गरेका थिए भने संचालन संजय चौधरीले गरेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu