काठमाडौं:=राष्ट्रिय जनता पार्टीले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई तत्काल रिहा गरी संसदमा आउने वातावरण बनाउन जोडदार माग गरेको छ।पार्टीका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोले मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै यस्तो माग गरेका हुन् ।
‘कैलाली क्षेत्र नम्बर १ बाट जनताको अपार माया र मतले निर्वाचित रेशम चौधरी यो संसदमा हुनैपर्छ,’ महतोले भने, ‘कसैलाई कुनै आरोप लाग्नसक्छ, आरोप लाग्दैमा कोही अपराधी हुँदैन ।’बोलेको भरमा कोहि कसै लाई अपराधी मान्न सकिन्छ ?ठोस प्रमाण हुनु पर्यो नि ?बिना प्रमाणको जेलमा हालेर हुन्छ ?भन्ने प्रश्न महतोले प्रधानमन्त्री केपि शर्मा ओलि ,प्रचण्ड लगायतको नेताहरु संग गरेका छ्न।
उनले चौधरीलाई संसदमा ल्याउने वातावरण बनाउन सरकार र संसद सचिवालयलाई आग्रह गरे ।
टीकापुर घटनाको मुख्य दोषी रहेको आरोप लगाइएका चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि जेल चलान गरेको छ । हाल घटनाका आरोपित भनी नाम लगाइएका थुनामा रहेका २५ जना कैदी बन्दीहरु आमरण अनसनमा बसेका छ।
दुई वर्षअघि कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र १ नाबालकको हत्या भएको थियो।
