हमार सनेश सहकर्मी,,
राम औतार थारु,
कपिलवस्तु:=राष्ट्रिय थारु कलाकार संघको जिल्लामा विस्तार गर्नको लागि आज थारु कल्याणकारिणी सभा हल गोरुसिङ्गे कपिलवस्तुमा एक भेला तथा बृहत छलफलको आयोजना गरि श्याम सि.टी.को संयोजकत्वमा राष्ट्रिय थारु कलाकार संघ जिल्ला कमिटि गठन गरिएको छ ।
जसमा उपाध्यक्ष आशा थारु,सचिवमा राम औतार थारु,सह सचिव रमेश थारु,कोषाध्यक्षमा सन्तोषी थारु र रन्जित थारु,रन्जिता थारु,स्वस्तिका थारु,तुलसी सिंह थारु,रविन्द्र थारु र गोपाल थारु सदस्यमा रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा पवन कुमार थारु,महादेव थारु,जन्जिर प्रसाद थारु रहनु भएको छ । थारु कलाकारहरुलाई एकजूट गराई उनीहरुको कला तथा प्रतिभाहरुलाई उजागर गर्नको लागि कमिटीको मात्रै नभई सबैजनाको उत्तिकै नै दायित्व रहेको प्रमुख अतिथि बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पवन कुमार थारुले बताउनु भयो ।
कार्यक्रम श्याम सिटीको अध्यक्षता,बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पवन कुमार थारुको प्रमुख आतिथ्यता,राष्टिय थारु कलाकार संघ केन्द्रिय कमिटिका प्रतिनिधि तथा राष्ट्रिय गायक श्रीनिवास चौधरीको विशिष्ट आतिथ्यता,राष्ट्रिय गायक खेम थारुको स्वागत तथा रन्जित थारुको संचालनमा सम्पन्न भएको थियो ।