काठमाण्डौं:= चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरीको अगुवाइमा राष्ट्रिय थारु कलाकार संघको स्थापना भएको छ। पुर्व मेची देखि पश्चिम महाकाली सम्मको सम्पुर्ण थारु कलाकारहरुको हक हितको लागि काम गर्ने ध्येयले सीसीआरसी कलेज बालकुमारीमा पहिलो पटक कलाकारिता क्षेत्रका विभिन्न बिधामा काम गर्ने ब्यक्ति हरुको उपस्थितिमा संघको स्थापना गरियो। २०७५ नयाँ बर्ष संगै देउखुरीको लमहिमा बृहत कार्यक्रम सहित महाधिवेशन गर्ने योजनाका साथ पहिलो तदर्थ समिती समेत चयन गरियो। प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन हुनुभएको छ ।प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको हो ।तदर्थ समितिमा बिनय बैद्द लाई पहिलो संयोजक चयन गरियो भने वीर चौधरी , जानकी चौधरी , सुर्यनारयण चौधरी , रोशन रत्गैया , विवश चौधरी , सुनिता दहित , मनोज महतो , श्रीनिवास चौधरी , समिक्षा चौधरी , गोरन चौधरी , खेम भौगरिया , अन्जु चौधरी , सुशीला चौधरी , दिपक चौधरी , लक्ष्मी चौधरी , सुनिता चौधरी सदस्यको रुपमा चयन भए।
बैशाख अन्तिमतिर दाङमा राष्ट्रिय भेलाको आयोजना गरी हजारौ थारु कलाकारहरुको सहागिता गराउने र थारु कलासंस्कृति झल्कनेखाले सांस्कृतिक कार्यक्रम गर्ने कार्यसमिति सदस्य विवश चौधरीले जानकारी गराउनुभयो /
त्यस्तै सल्लाहकारमा नन्दुराज चौधरी र रामलाल चौधरी रहनु भएको छ
नवगठित कार्यसमितिले अव हरेक जिल्लामा कार्यसमिति विस्तार गरी थारु कला संरक्षणको जर्गेना गर्न पहल गर्ने कार्यसमितिले निर्णय गरेको छ ।
बैशाख अन्तिमतिर दाङमा राष्ट्रिय भेलाको आयोजना गरी हजारौ थारु कलाकारहरुको सहागिता गराउने र थारु कला संस्कृति झल्कनेखाले सांस्कृतिक कार्यक्रम गर्ने कार्यसमिति सदस्य विवश चौधरीले जानकारी गराउनुभयो ।थारु चलचित्रकर्मी, संगितिक हस्ती, फेसन डिजाइनर, लेखक, साहित्यकार, विभिन्न कानुनी, राजनीतिक र समाजसेवी व्यक्तित्वहरुको समावेशिता र थारु कलाकारिताको मनोबल र स्थान उच्च बनाउनमा कार्यसमितिले पहल गर्ने जनाएको छ ।
संघले पुर्विया थारु समुदायदेखि लिएर पश्चिमसम्म थारुहरु सम्पुर्णलाई समेट्नेखालको कार्यक्रम निर्माणमा समेत पहल र दवाव दिने निर्णय गरेको छ । त्यस्तै कलाक्षेत्र भाषा, संस्कृति, संगित र समुदायको प्रचारप्रसार आफ्नै समुदायभित्रमात्र सीमित नराखी थारु समुदायसँग सम्बन्ध राख्ने र नराख्ने सबै समुदायमाझ गरिनुपर्ने संघले जनाएको छ ।