फोनिज बाराको पहिलो अधिवेशन सम्पन्न/अध्यक्षमा पत्रकार दुष्यन्त चौधरी चयन

Wednesday, 4 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
बारा :=  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) जिल्ला कार्यसमिति बाराले प्रथम  जिल्ला अधिवेशन बाट अध्यक्षमा पत्रकार दुष्यन्त  चौधरी सर्वसहमतिले चयन भएका छन ।
समितिको खुल्ला  उपाध्यक्षमा प्रकाश श्रेष्ठ ,  महिला उपाध्यक्षमा मनोरमा चौधरी , सचिवमा अनिल प्रित चौधरी,कोषाध्यक्षमा मिरा चाम्लिङ राई , सहसचिवमा नविन  चौधरी सर्वसहमति चयन  भएका छन ।  सदस्यमा शिव थापा मगर , धिरेन्द्र पनुहर , चन्दन चौधरी , आकाश श्रेष्ठ , बुधन चौधरी , सुमन श्रेष्ठ , राजकुमार लामा  रहेका छन।

त्यस्तै चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार सत्य प्रकाश श्रेष्ठ , जितलाल श्रेष्ठ तथा सत्य श्रेष्ठलाई चयन गरिएको छ । 
सो जिल्ला अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार निमा लामा , रेनु  चौधरी तथा   शेखर चौधरीलाई छनौट गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष सत्य श्रेष्ठको  अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष तथा प्रदेश सभा सदस्य सीता गुरूङ  रहेका थिए ।

त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा , सुन्दर बहादुर विश्वकर्मा , नेकपा एमाले बाराका प्रचारप्रसार विभाग प्रमुख मनोज पौडेल ,   नेपाल पत्रकार महासंघका अध्यक्ष कमल कुमार उपाध्याय  , बाराका अग्रज पत्रकार रेशम  तिवारी ,  प्रेस चौतारी नेपाल बाराका अध्यक्ष दिवाकर भण्डारी ,   प्रेस युनियन बाराका अध्यक्ष गणेशराज रिजाल , समर्पण एफएमका प्रबन्ध निर्देशक संतोष देउजा , पत्रकार निरज पिठाकोटे मगर लगायत मन्तव्य राखेका थिए ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu