काठमाडौं := समाजवादी विद्यार्थी युनियनका केन्द्रीय कोषाध्यक्ष ओम महतोले विभिन्न विद्यालयमा गएर विद्यार्थीलाई अध्यापन गरेका हुन् । दुर्गाभवानी आधारभूत स्कुलमा उनले स्वयंसेवक शिक्षकको रुपमा विद्यार्थीलाई अंग्रेजी बिषयमा अध्यापन गराएको छ ।
मलाई विद्यार्थी माझ पुग्दा निकै रमाइलो हुनुको साथै गर्वको अनुभूति हुनेगर्दछ, सानो छदाको मैले देखेका कुरा पुनः स्मरण हुने गर्दछ, विद्यार्थीलाई चेतनशील बनाउनुपर्ने पर्ने मेरो दायित्व पनि हो उहाँले बताउनुभयो। साथै उहाँले विद्यार्थी नेताको दायित्व हरेक विद्यार्थी माझ गएर सुखदुखको साथी बन्ने समेत रहेको बताउनुभयो ।
विद्यार्थी माझ पुग्दा विद्यार्थीको सपना बुझ्न सजिलो हुन्छ, विद्यार्थी सपना डाक्टर, पाइलट, नर्स, इन्जिनियर, सेना, प्रहरी, अफिसर बन्ने चाहना हुन्छ तर कतिपय विद्यार्थीको आर्थिक अवस्था कमजोर हुन्छ तिनीहरुको सपना साकार पार्ने भन्दै हामीले तिनीहरुको प्रतिनिधि बन्ने तर भावना नबुझ्ने हो भने विद्यार्थी राजनीतिको औचित्य के त ? त्यसैले विद्यार्थी नेता विद्यार्थी माझ जानुपर्छ उहाँले भन्नुभयो ।
विद्यार्थी नेता भन्ने तर विद्यार्थी माझ नजाने ट्रेन्ड रहेको छ, अब यसलाई परिमार्जन गर्दै विद्यार्थी राजनीतिमा नयाँ ट्रेन्ड ल्याउन मैले पहलकदमी गर्दैछु उहाँले बताउनुभयो ।
महतो विद्यार्थी राजनीतिमा डेढ दशक बिताइसक्नुभएकोछ ।