अनिल प्रित,,
कोल्हवी:=प्रथम कोल्हवी गोल्डकप २०७४ को प्रथम सेमिफाईनल खेलमा एफ.सि महोतरी बिजई भएको छ ।
निजगढ युवा क्लव बारा र एफ.सि महोतरी बिच भएको खेलमा पेनालटी शुट आउटमा निजगढ लाई हराउदै फाईनलमा प्रवेश गरेको छ ।
निकैनै प्रतिश परधात्मक खेलमा पहिलो हापमा कुनै पनि टिमले गोल गर्न सकेका थिएन । दुवै टिमले राम्रो राम्रो मैका पायका थिय तर दुवै टिमका खेलाडीले गोल गर्न चुकेका थिय । दोश्रो हापमा निजगढका जर्सि नं.२का रमेश दङ्गालले खेलको ३६ औ मिनेटमा गोल गरि खेललाई १–० मा पु¥याए। त्यसपछि गोलगरेको १३ मिनेट नबितदै महोतरीका जर्सि नं. १२ का मन्जित आलेले गोल गरि १–१को बरावरीमा पु¥यायो । त्यसपछि खेल पेनालटी शुट आउटमा गयो । पेनाल्टीमा निजगढका जर्सि नं. ५ का सुनदर लामा, जर्सि नं. ११का शन्नी चौधरी ले प्रहार गरेको बललाई महोतरीका गोल रक्क्षकले जाली चुम्न दिएन ।
त्यसपछि निजगढकै जर्सि नं. १३ का दोरजे लामाको बल पोलमा ठोकी आउट भयो । सोही टीमै जर्सि नं. ३ का बिमल धामीले प्रहार गरेको बल गोलमा परिनत भयो ।
महोतरीका तर्फबाट जर्सि नं. ८ का सन्तोष राईले गोल गरे , जर्सि नं.९ का रन्जित आले प्रहार गेको बल आउट हुन पुग्यो । सोही टीमका जर्सि नंं. १६ का उमेश थापा र जर्सि नं. १७ का बसन्त सिलवालले प्रहार गरेको बल गोल रक्क्षकले ठम्याउन सकेन । र ३ –१ ले एफ.सि महोतरी बिजई भयो जित संगै महोतरी फाईनलमा प्रवेश गर्यो ।
आज दोश्रो सेमिफाईनल खेलमा बारा –११ र हेटौडा भिडने आयोजले जानकारी दिए ।
प्रथम हुने टिमले नगद रु. १ लाख ५० हजार सिल्ड ,मेडल र प्रमाणपत्र साथै देश्रो हुने टिमले नगद रु. ७५ हजार सिल्ड ,मेडल र प्रमाणपत्र पाउने र भोलिको खेल भेटवाल एफ.सि हेटौडा र बारा –११ बिच हुने संयोजक त्रियोगी प्रसाद राउत थारुले बताए ।