थारु महिला सभा चितवनको अध्यक्षमा धन्जु महतो निर्विरोध निर्वाचित (हार्दिक बधाई )

Sunday, 1 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कारी महतो,,
चितवन:= थारु महिला सभा चितवनको अध्यक्षमा धन्जु महतो निर्विरोध निर्वाचित भएका छन् ।शनिबार भएको दोश्रो जिल्ला अधिवेशनमा धन्जु महतोको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा केसमी महतो, सचिवमा सुक्रमी महतो, सहसचिव चमेली चौधरी, कोषाध्यक्षमा मञ्जु चौधरी र सदस्यहरुमा भिखनी थरुनी, अतोरिया महतो, मीना कुमारी महतो, जानकी चौधरी र मधुमती चौधरी निर्वाचित भएका हुन् । त्यस्तै सभाका केन्द्रिय प्रतिनिधिका लागि सुनिता कुमारी चौधरी, काली चौधरी र बिष्मती महतो चयन भएका छन् ।


कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि थारु कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले चितवनको थारु महिला सभा र थारु कल्याणकारिणी सभालाई एक रथका दुई पाङ्ग्राको रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । थारु कल्याणकारिणी सभालाई उचाईको शिखरमा पु¥याउनका लागि थारु महिलाहरुको ठूलो हात रहेकोले अबको एक वर्षमा थारु महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न कार्यक्रम लागू गर्ने समेत सभापति ललितकुमार चौधरीले बताएका छन् ।

कार्यक्रममा थाकस चितवनका केन्द्रीय प्रतिनिधि विष्णुकुमारी चौधरी, निवर्तमान सभापति विश्राम महतो, राप्ती नगरपालिका क्षेत्रका सभापति सन्तकुमार चौधरी, सुक्रमी महतो, मीना कुमारी महतो, सुनिता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
सभाको वार्षिक कार्यप्रगति प्रतिवेदन निवर्तमान अध्यक्ष लक्ष्मी चौधरी र निवर्तमान कोषाध्यक्ष धन्जु महतोले प्रस्तुत गरेका थिए । कार्यक्रम लक्ष्मी चौधरीको सभाध्यक्षतामा सम्पन्न भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu