रेशम चौधरी लगायत ११ जनालाई जन्मकैद/लक्ष्मण थारु लगायतको रिहा ।

Wednesday, 6 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कैलाली:= जिल्ला अदालत कैलालीले टीकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला गरेको छ ।घटना भएको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले आज सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । लक्ष्मण चौधरी, लाहुराम चौधरीसहित १२ जनालाई ३ वर्षको कैद तोकिएको छ ।
जन्मकैद पाउनेहरु
रेशम चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, र गंगाराम डगौरा छन्।

३ वर्षसम्म सजाय पाउनेहरु 
लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, प्रेमबहादुर चौधरी, किसनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भनिने सन्तोष चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरी छन्। 

सफाइ पाउनेहरु
नुरुल अलि जागा, विसराम चौधरी र रामनरेश चौधरी छन्।
तीन वर्षको कैद भुक्तान गरिसकेकाले उनीहरु रिहा हुने छन् । ३ जनाले भनेसफाइ पाएका छन्।दुवै पक्षबाट ६ दिनसम्म उक्त मुद्दामा चलेको बहस मंगलबार सकिएपछि आज फैसला भएको हो।थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीसहित तीन जनाले भने सफाइ पाएका छन् । अन्य १२ जनाले ३ वर्ष कैदको सजाय पाएका छन् । फागुन १५ गतेदेखि सुरु भएको बहस मंगलबार नै टुंगिएको थियो ।
थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आशंकामा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, डाका, चोरी तथा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो । वारेसनामा मार्फत् कैलाली–१ मा उम्मेदवारी दिएर जितेका चौधरीले २०७४ फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu