भगतराम थारु,,
नेपालगन्ज:= थारु समुदायमा राजनीतिक चेतनाको अभाव भएकाले राज्यको संयन्त्रमा थारु समुदायको प्रभावकारी भूमिका हुन नसकेको बुझाई थारु अगुवाहरुको छ ।थारु गोचाली समाज नेपालको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित थारु भाषा संस्कृति संरक्षण र प्रवद्र्धनकालागि थारु नेतृत्व विकास कार्यक्रममा सहभागि थारु अगुवाहरुले त्यस्तो बताएका हुन् । विचार फरक भएपनि राज्य सत्तामा पहुँच बढाउन थारु समुदायलाई सहयोग गर्नुपर्ने उनिहरुको समान सुझाव छ ।

राज्य सत्तामा थारु समुदायको अधिकार प्राप्त नभएको भन्दै राज्य सत्तामा पहुँच बनाउन थारु नेता एकजुट हुनुपर्ने उनिहरुले बताएका छन् । थारु समुदायलाई राजनीतिक, बैचारिकरुपमा समेत पछाडी पारिएको हुनाले यस्तोखाले मुद्दालाई चिर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको उनिहरुले धारणा राखे ।थारु समुदायमा शैक्षिक क्षेत्रमा विकास भएपनि रोजगार लगायत विभिन्न क्षेत्रमा मुल्याङकन जिरो रहेको, यसमा ध्यान दिन आवश्यक रहेको उनिहरुले तर्क गरे । थारु समुदायका व्यक्तिलाई राजनीतिक क्षेत्रमा अगाडि बढाउन थारु नेता नै दुश्मनी साँध्ने गरेको थारु बुद्धिजिवी परिवारका अध्यक्ष डा. चन्द्रबहादुर महतोले बताए । थारु समाज सुधार्न आर्थिक विकास गर्न पनि जरुरी रहेको उनले भने ।थारु समुदायकानिम्ती उठाउनु पर्ने मुद्दामा आफु कहिल्यै पछि नपर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले प्रतिवद्धता जनाए । सकारात्मक सोचको विकास भएमात्र थारु समुदायको विकास हुने कुरामा अध्यक्ष लाहुरामले जोड दिए ।थारुहरुले एकता सदभावको भावना बुझ्न जरुरी रहेको कोहलपुर नगरपालिकाका उपमेयर सन्जु थारुले चर्चा गरे । जवसम्म व्यक्तिगत स्वार्थ परिवर्तन हुन सक्दैन तवसम्म थारु समुदायको विकास हुन नसक्ने उपमेयर सन्जुले बताए ।
कोहलपुर नगरपालिकामा थारु समुदायकालागि आफुले थारु संग्राहलयको लागि १० लाख, सिकलसेल एनेमियाको लागि १५ लाख, माघी मिलन लगायतको विषयमा बजेट छुत्याउँदा विरोध आएको उनले गुनासो गरे ।अधिकार संस्कार संस्कृति र पहिचान थारु गोचाली समाज बाँकेको अभियान भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रमको अध्यक्षता थारु गोचाली समाज नेपाल बाँकेका अध्यक्ष जनक चौधरीले गरेका थिए । कार्यक्रममा पुर्व सांसद पट्टु थारु, अधिवक्ताद्वय राधेश्याम थारु, गणेश चौधरी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिह थारु, थारु पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष विमला चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि बुद्धिजिवी, समाजसेवी, पत्रकार लगायतले धारणा राखेका थिए ।