काठमाडौं:= राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले नरेन्द्र मोदीको इच्छा अनुसार नै भारतीय सुरक्षाकर्मी जनकपुर आएका बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम तैनाथ भएपछि सामाजिक सञ्जालमा नेपालकै बेइजत भएको भन्दै असन्तुष्टी पोखीरहेका बेला नेता महत्तोले त्यसको कुनै तुक नरहेको बताए ।
सञ्चार कर्मिहरुसंग संछिप्त कुरा गर्दै उनले भने ‘मोदीजी ले आवश्यक ठान्नुभो, उनीहरु आए त के भो ?
भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने डीआईजीको नेतृत्वमा आएका सुरक्षाकर्मीको टिमले मोदीको भ्रमणका बेला अपनाइने सुरक्षा घेराको स्केच तयार पारेको छ।
नेपाली सुरक्षाकर्मीको सल्लाहमा तयार पारिएको मोदीको सुरक्षा घेराको स्केच अत्यन्तै गोप्य राखिएको छ।
तर यो कार्यको स्वमं सरकारको नेतृत्वकर्ता दल एमालेका नेताहरुले समेत मन पराएका छैनन् । कुरा गर्दै एमालेका एक नेताले भने, “त्यसो नगरेको भए हुन्थ्यो, भयो यसमा धेरै नकारात्मक हुनुपर्ने केहि छैन् । ”मोदीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेनालाई खटाइएको छ।दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरी र मोदीको सबभन्दा नजिकको अन्तिम घेरामा भारतीय सुरक्षाकर्मी खटाइएको छ ।राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा अर्को घेरामा तैनाथ गरिएको छ ।
सुरक्षाकर्मीले मोदी चढेको हेलिकप्टरको हेलिप्याड, उनको नागरिक अभिनन्दन गरिने मञ्च र पन्डाल तथा कति दूरीमा सर्वसाधारण राख्ने र त्यहाँको सुरक्षा व्यवस्था कसरी मिलाउने, त्यसको स्केच तयार पारेको छ।‘मोदीको भ्रमणका बेला जनकपुरको शान्ति–सुरक्षाको बन्दोबस्त उच्चस्तरको मिलाइनेछ,’ आन्तरिक मामिलामन्त्री यादवले भने, ‘सुरक्षा बन्दोबस्त कडा हुनेछ।’

