ऐतिहासिक धरोहरको संरक्षण गर्न खोज्दा ईटहरीका थारुमाथि उल्टै मुद्दा

Thursday, 17 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी
सुनसरी:= ऐतिहासिक तथा पौराणिक धरोहर संरक्षण गर्न खोज्दा ईटहरीका थारु अगुवाहरुमाथि मुद्दा लगाइएको छ । त्यसको थारु अगुवाहरुले निन्दा गरेका छन् ।ईटहरी ८ स्थित टेंग्राटोलमा धेरै पहिले देखिनै ग्रामथान, भुमिघर लगायत पानिघट्ट, जितियाघाट, पोखरी रहेकोमा त्यसलाई स्थानियहरुले ब्यवस्थापन गर्नखोज्दा जग्गा भुमाफियाहरुले चारजना थारु अगुवाहरु माथि मुद्दा लगाएको ग्रामथान संरक्षण समितिका अध्यक्ष झुमा चौधरीले जानकारी दिए ।
झुमा चौधरी, जानुका चौधरी, साबित्रा चौधरी र पनालाल चौधरीलाई बिपक्षि बनाई मुद्दा लगाएको बताइएको छ । सो ग्रामथानमा थारु समुदायले असारको पुर्णिमा र मंसिरको पुर्णिमामा पुजाआजा गर्दै आएका छन् । जितियाघाट तथा पोखरीमा जितिया पर्वको बेला पुजापाठ गदैआएको स्थानियहरुले बताएका छन् ।ब्यक्तिगत स्वामित्वमा रहेको १ कठा जग्गाको पश्चिममा बाटो रहेको छ । सो बाटोको प्रकृया सबै पुर्याई नम्बरी जग्गा र बाटो बीचमा रहेको सार्वजानिक २ कठा जग्गामा चर्चेको ग्रामथान, भुमिघर, जितियाघाट रहेको छ । वडा कार्यालयले पनि जितियाघाट धेरै पहिले देखिनै सञ्चालनमा रहेको सिफारिस गरेको छ । बर्षौदेखि पनि सो टोलका थारुहरुले त्यहा पुजापाठ गरी प्रयोगमा ल्याउदै आएका थिए ।
यता जग्गावालाले बाटो भोगचलन गर्न पाउनुपर्ने भन्दै पोखरीलाई ब्यवस्थित नगर्न नगराउन र मेरो जग्गा अगाडी पोखरी खन्न नपाउने सो सार्वजानिक जग्गालाई भोगचलन गर्न पाउनु पर्ने भनि सुनसरी जिल्ला अदालतमा मुद्दा रिट दिएको छ । यतिमात्र हैन, ग्रामथान र भुमिघर समेत हटाउन भुमाफियाहरुले गुण्डा लगाएर धम्कि दिईरहेको स्थानीय साबित्रा चौधरीले बताइन् ।

सुनसरी जिल्ला अदालतमा मुद्दा दिनेलाई बिपक्षी बनाई चारै जनाले लिखित जवाफ फर्काउने तयारी गरेका छन् । परेको मुद्दा अनुसार पोखरी खन्न लागेको झुठा बनावटी भएको साबित्रा चौधरीले बताईन् । ऐतिहासिकरुपमा रहेको सार्वजानिक पोखरीले बाटोलाई कुनै अबरोध तथा असर नपारेको भन्दै बिपक्षिले भुमाफियासंग मिलेर ऐतिहासिक सार्वजानिक पोखरी तथा ग्रामथान मासेर जग्गाको क्षेत्रफल बढाउने मनसाय रहेको चौधरीले दाबि गरिन् ।
तराईमा थारुहरुको मात्रै बसोवास हुदादेखि नै गाउँ, घरपरिवार, बालबच्चा, खेत खलिहान, बालि, बिरुवामा कुनै अनिष्ट नआओस भन्दै प्रकृतिलाई पुजागर्न स्थान बनाईन्थ्यो त्यो स्थानमा सधै पुजा अर्चनागरी कामना गरिन्थ्यो । हालसम्म पनि थाहरुको गाउँटोल बाहिर मान्दै आएका ग्रामथानहरु रहेको स्थानीय बताउँछन् ।त्यसैगरी थारु महिलाहरुले गर्ने ठुलो पर्व जितियामा गाउँ नजिकै नदि तलाउमा पुजापाठ गरी मनाउने चलन रहिआएको छ । कुनै टोल नजिक नदि पोखरी भए त्यसलाई संरक्षण गरी पर्व मनाईन्थ्यो । यसरीनै ईटहरीको टेग्राटोलमा पोखरी, जितियाघाट धेरै पहिले देखिनै रहेको हुदा सो ऐतिहासिक धरोहरलाई ब्यवस्थापन गर्न लाग्दा उनीहरुमाथि झुठा आरोपमा मुद्दा लगाईएको कानुन ब्यसायी रामराज चौधरीले  बताए ।
संबिधानदेखि लिएर स्थानियतहमा समेत पौराणिक धरोहरलाई संरक्षण गर्ने स्पष्ट नीति नहुदा यो समस्या भइरहेको कानुन ब्यवसायी चौधरीले बताए ।आदिवासीहरुले पहिले देखिनै धार्मिक आस्थाले मान्दै आएको सार्वजनिक जग्गामा स्थापित ग्रामथानहरु ईटहरीमा बढि प्रभाबित भईरहेको थारु महिला सभा जिल्ला कार्यसमितिका सभापति सुसिला चौधरीले बताईन् । ईटहरी ६ बजारमै रहेको ग्रामथान पनि संकटमा परेको उनले बताइन् ।ईटहरीमा मात्रै हैन पुर्वमा प्राय ग्रामथान अतिक्रमणमा परी बिस्थापित बन्दै गएकाले तत्कालै संरक्षणमा राज्य तथा स्थानिय तहबाट स्पष्ट धारणासहित ऐन कानुन, नीति, नियम लागु हुनुपर्ने चौधरीले माग गरिन् ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu