लुट फिल्मका निर्माता वाग्ले २ करोड ५२ लाख नक्कली नोट छापेको आरोपमा पक्राउ

Thursday, 17 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
काठमाडौं:-लुट फिल्मका निर्माता माधवराज वाग्ले २ करोड ५२ लाख नक्कली नोट छापेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले चार ढुंङ्गेमा वाग्लेको कोठामा खानतलासी गर्दा एक हजार दरका नक्कली नोट बरामद गरेको हो।

वाग्लेले फिल्म प्रयोजनका लागि नोट छापेको बताएपनि नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नोट छापेको पाईएकाले वाग्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।नोटमा फिल्म प्रयोजनका लागि भनेर लेखिएको भए पनि नक्कली नोटमा नोट भरी ‘नक्कली’ भनेर लेख्नु पर्ने प्रहरीले जनाएको छ। यस्तै वाग्लेले नक्कली नोटको प्रयोजन सक्किएर पनि नष्ट नगरेको प्रहरीको भनाई छ।
जेठ १ गते मित्रनगर स्थित सुमधुर क्याफेमा खाजा खाई सुर्खेत घरभई कमलपोखरी बस्ने महेन्द्र वोगटीले वाग्लेले छापेको नक्कली नोट तिर्दा नक्कली नोट बजारमा आएको खुलेको थियो। खाजा घरका सञ्चालकको उजुरीका आधारमा प्रहरीले बोगटीबाट १ लाख २० हजार नक्कली नोट र बोगटीको सुचनाका आधारमा सिन्धुली घर भएका सुजित तामाङ्गबाट ७ लाख ४३ हजार नक्कली नोट बरामत गरेको थियो।
अनुसन्धान गर्दै जादाँ प्रहरीले वाग्लेको कोठामा ठुलो परिणाममा नोट बरामद गरेको हो।यता वाग्लेले भने फिल्म प्रयोजन लेखेरै नोट छापिएकाले गलत नियत नभएको बताएका छन्। प्रोडक्सन टिमको साथिको गल्तीले नोट बजारमा गएको वाग्ले ले बताएको देश सन्चारमा खबर छ |
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu