हावाहुरीले सिरहामा ठूलो क्षति

Wednesday, 9 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सिरहा:=बुधवार विहान करिब ३:३० बजेदेखि आएको हावाहुरी र वर्षाले सिरहामा ठूलो क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार ठाउँ-ठाउँमा रुख ढलेर सडक अवरुद्ध भएको छ। फुस र टिनको छानो भएका घरहरु उडाएको छ। हुरीले विद्युतका थुप्रै पोलहरु ढालिदिएपछि विद्युत र टेलिफोन सेवा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन भेटवालका अनुसार रुख ढलेर अवरुद्ध पूर्व–पश्चिम लोकमार्ग प्रहरीले सुचारु गराएको छ। सहायक र ग्रामीण सडकहरु अहिलेपनि अवरुद्ध छन्। प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको भेटवालले जानकारी दिए।  

मानवीय र चौपाया क्षति भएको खबर अहिलेसम्म नआएको उनले बताए। हुरीले आँप झारेर ठूलो क्षति पुर्‍याएको छ। काचोँ इटा वर्षाको पानीले गलेको छ। विद्युत सर्ट भएर ठाउँ–ठाउँमा पंखा, कम्प्युटर, फ्रिज जलेको भन्ने खबरहरु आएका छन्। मिर्चैया, धनगढी, कर्जन्हा, माडरलगायत ठाउँमा घरको भित्ता र टिनको छानो उडेको प्रहरीले जानकारी गराएको छ। - अन्नपूर्ण पोष्टबाट
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu