तेक्वान्दो खेलाडी कल्पना चौधरी भियतनाम जादै

Monday, 21 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

भियतनामको होची मिन्हमा हुने २३औँ एसियाली तेक्वान्दो, पाँचौँ एसियाली पुम्से तेक्वान्दो र चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई आइतबार बिदाइ गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले बिदाइ गरे ।थारुवान डटकमले समाचार छापेको छ।

पुरुषको ५४ केजीमुनि मनोज मल्ल र ७४ केजीमुनि दुर्गाबहादुर थापा तथा महिला ४९ केजीमुनि कल्पना चौधरी र ५७ केजीमुनि सीता तामाङले २३औँ संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । व्यक्तिगत पुम्सेको ३० वर्षमुनि पुरुषमा कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङले सहभागिता जनाउनेछन् ।पारातर्फ पुरुष ५८ केजीमुनि गोविन्द थापा र ६१ केजीमुनि रामबहादुर अधिकारी तथा महिला ५८ केजीमुनि सीता भण्डारी र ५८ केजीमाथि पलेशा गोवर्धनले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा टार्जन सुब्बा र प्रकाशमान राजभण्डारी तथा निर्णायकमा नवीनकुमार श्रेष्ठ रहेका छन् ।

पारा खेलाडी, २ प्रशिक्षक र निर्णायक आइतबारै भियतनाम प्रस्थान गरिसकेका छन् । बाँकी टोली आगामी ८ र ९ जेठमा जाने कार्यक्रम रहेको नेपाल तेक्वान्दो संघले जनाएको छ । प्रतियोगिता १० देखि १४ जेठसम्म हुनेछ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu