तरकारी र फलफूल क्षेत्रमा आत्मनिर्भर बनाउछौं :- राज्यमन्त्री चौधरी

Tuesday, 22 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कृषि ,भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले मुलुकलार्य तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने कार्ययोजना सरकारले अगाडि बढाने बताउएकी छन्।सोमबार राष्टिय आलु बाली बिकास कार्यक्रम हल खुमलटारमा तरकारी क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला गोष्ठी तरकारी बिकास निर्देशनालय तथा फलफूल विकास निर्देशनालयको संयुक्त आयोजनामा किसानलाई वर्गीकरण गरी सरकारले साना किसानलाई अनुदान, मध्यम किसानलाई ब्याज अनुदान, ठूला किसानलाई सहुलियत ऋण उपलब्ध गराउने बताइन् ।
सबैले आ-आफ्नो घरको छत, खाली जमिन र गमलामा अर्गानिक तरकारी उत्पादन गरेर आफूलाई स्वस्थ राख्नुका साथै खर्च बचत र आत्मनिर्भर बनाउन सकिने बताइन्।प्रधानमन्त्री कृषि आधुनिकीकीरण परियोजनाको माध्यमबाट तरकारी फलफूलको पकेट, ब्लक, जोन र सुपरजोन बनाइ किसानलाई कृषिमा आधुनिकीकरण र व्यवासायीकरण गरी कृषि जन्य पदार्थमा आयात शून्यमा झार्ने र निर्यात गरी देशलाई आर्थिक सम्वृद्धि गर्न सकिने मन्त्री चौधरीले बताइन्।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu