मलेसियामा बुद्ध जयन्ती भब्य सम्पन्न (फोटो फिचर लिङ्क क्लिक गरि हेर्नुहोस्)

Thursday, 31 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


आर एन चौधरी थारु,,
मलेसिया:=मलेसियामा बुद्ध जयन्ती विभिन्न देशका बौद्ध धर्मावलम्बी लगायतकोले भब्यताका साथ मनाएका छ्न।
मलेसिया स्थित बौद्ध धर्मावलम्बीहरुको मुख्य संस्था (Ti ratana welfare society ) को आयोजनामा २५६२ औं बुद्ध जयन्तीको पहिलो दिन मेइ २९ तारिख मंगलबारको दिन बिहान ११:०० बजे पुजापाठ गरेर  साझ ०८:०० बजे बौद्ध महाबिहारा भन्ने ठाउँ देखी सुरु भएको रथयात्रा संगै करिब १२ किलोमीटरको र्याली सहितको पैदलयात्रा सम्पन्न भएको हो।

पैदल यात्रामा विभिन्न देशका झण्डा तथा झकि झकाउ तरिकाले सजावट युक्त ल‍ोरिको माथी राखिएको शान्तिको अग्रदुत मानिने सिद्धार्थ गौतम बुद्धको सुन्दर र आकर्षक मुर्तिको साथमा नेपाल,चाइना,ईन्डिया,बङ्गलादेश,म्यानमार,सिङ्गापुर लगायत देशको श्रद्धालु भक्तजनहरुको व्यापक 
जन-सहभागितामा उक्त रथ,पदयात्रा,र्याली सम्पन्न भएको हो।सोही अवसरमा हरेक बर्ष झै यस बर्ष पनि रोजगारीको सिलसिलामा मलेसियामा बसि राख्नु भएका नेपालीहरुले समेत बुद्ध जयन्ती भब्यताको साथ मनाएका छ्न।



बुद्ध नेपालमा जन्मेको हुन (budhha was born in nepal) भन्ने मुल नाराको साथ आयोजना गरिएको बुद्ध जयन्ती कार्यक्रमकै दिन मलेसियाको बसाइँ सकेर नेपाल फर्किन लागेका महासंघका केन्द्रिय महासचिव भिम् बानु किरातीलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाइ स-सम्मान बिदाइ गरेका थिए , पहिला भन्दा यो बर्ष अलिक फरक ढंगले आयोजना गरिएको देखिन्थ्यो ,हरेक बर्ष नेपाल आदिवासी जनजाती महासंघ मलेसिया मुख्य आयोजक र नेपाली राजदुतावास मलेसियाको बिशेष सहयोग तथा विभिन्न जातीय ,गैरजातीय संघसंस्था,नेपाली ब्यवसायीहरु संगको विशेष सहकार्यमा मनाउदै आएको बुद्ध जयन्तीको ब्यानरमा सहयोग र सहकार्य गर्ने संघ संस्थाको लोगो पनि अङ्कित गरिन्थ्यो भने यो चोटि आयोजकको ब्यानरमा महासंघ र दूतावासको लोगो मात्र राखिएको थियो।





बुद्ध जयन्तीमा नेपाली राजदुतावास मलेसियाका कर्मचारी लगायत क्वालालम्पुर ,जोहोरबारु,इपो,पेनाङ,मलाका लगायत मलेसियाका मुख्य मुख्य शहरहरुबाट पाल्नु हुने नेपालीहरुको उल्लेखनीय सहभागीता रहेको थियो।बुद्द शान्ति पदयात्राको अवधीभरी मलेसियामा बिगत लामो समय देखि ब्यवसाय सञ्चालन गर्दै आइ रहेका परदेशी रेष्टुरेन्टका प्रोप्राइटर समाजसेवी युवा दिल केरुङ लिम्बूले र्यालिमा सहभागी हजारौं हजार श्रद्धालुहरुको निम्ति पानीको ब्यवस्था गरेका थिए।
आइतबार शुरु भएको शान्ति पदयात्रा कार्यक्रम अाज साझ पनि र्याली सहित निस्किने बुद्ध जयन्तीको मुख्य अाय‍ोजक रहेका नेपाल अादिवासी जनजाति महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले बताउनु भयो।








Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu