“गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा महिला स्वयम् सेविकाहरुलाई तालिम प्रदान”

Wednesday, 23 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी,
जनक रावत(कठरिया)

बर्दिया:=गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा राजापुर नगरपालिका वार्ड नंं.—१, दौलतपुरमा अवस्थित स्वास्थ्य चौकी अन्तर्गतका जम्मा २० जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई संस्थागत प्रसुति प्रवद्र्धन तालिम सम्पन्न भएको छ । 


सो तालिममा सोही प्रसुती गृहका अनमी श्री गोमा आचार्य र बर्षा न्यौपाने ज्युबाट सहजिकरण गरिएको थियो । महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई संस्थागत प्रसुती तथा गर्भवति र सुत्केरी अवस्थामा देखापर्ने समस्या र सोको समाधानका बारेमा जानकारी गराउने तथा सो बारेमा सामुदाय स्तरमा प्रसार गर्ने क्षमता अविवृद्धि गर्ने उद्धेश्यले उक्त तालिम संचालन गरिएको थियो । 

उक्त तालिमको उद्घाटन सोनाहा विकास समाजका अध्यक्ष श्री शान्ती सोनाहा ज्युको अध्यक्षतामा गरिएको थियो भने समापन सोनाहा विकास समाजको कोषा अध्यक्ष श्री चित्रा सोनाहा ज्युबाट भएको थियो । उक्त तालिम मिति २०७५ साल जेठ ७ र ८ गते तालिम संचालन भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu