अन्ततः "राष्ट्रिय थारु कलाकार मञ्च"ले कानुनी मान्यता प्राप्त गर्‍यो

Thursday, 24 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
देशभरिका थारु कलाकारहरुको हक हितको लागि काम गर्ने हेतुले स्थापना गरिएको संस्था राष्ट्रिय थारु कलाकार मंच अन्ततः दर्ता भइ कानुनी रुपमा मान्यता प्राप्त गर्यो । संस्थालाई विनय वैध्य - अध्यक्ष ,रोसन रत्गैया - उपध्यक्ष ,दिपक चौधरी - महासचिव, दिपक कुमार चौधरी - कोषाध्यक्ष , समिक्षा चौधरी-सचीव लगायत सत्र सदस्यीय कमिटी गठन गरि दर्ता प्रक्रिया अगाडि सारिएको थियो।

चैत्र ३ गते सीसीआरसी कलेज बालकुमारीमा रामलाल चौधरी ,नन्दुराज सर्वहित , हरिनारायण चौधरी , सोनु थारु लगायत देशका सयौं कलाकारहरुको उपस्तिथिमा बिनय बैद्दलाई संयोजकको रुपमा चयन गरि तदर्थ समिती निर्माण गरेको थियो।

अध्यक्ष बिनयका अनुसार दर्ता हुनुभन्दा पहिले विभिन्न ९ जिल्लामा नौ वटा कमिटी गठन भैसकेकोछ भने त्यो लगायत २५ वटा कमिति गठन गर्ने लक्ष्य रहेकोछ। उनका अनुसार संस्था दर्ता पस्चात कलाकारहरुमा छुट्टै किसिमको उत्साह थपिएकोछ र छिट्टै नै पायक केन्द्रमा महाधिवेशन सम्पन्न गरिने तयारी भैरहेकोछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu