हमार सनेश सहकर्मी,,
सोनाहा विकास समाज राजापुर, बर्दिया
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाज तथा पशु सेवा शाखा राजापुर बर्दियाको आयोजनामा “पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर” राजापुर नगरपालिका वार्ड नं.—१, मनपरिपुरमा मिति २०७५ साल बैशाख १६ गतेका दिन सम्पन्न भएको छ ।
उक्त शिविरमा जम्मा १४६ कृषक घरधुरीबाट जम्मा ५२२ पशुहरुलाई चेकजाँच तथा औषधि उपचार गरिएको छ। जस मध्ये ११ कृषकहरुको २२ वटा पशुहरुलाई मेडिकल सेवा प्रदान गरिएको थियो । पशुबस्तुमा बाँझोपनको समस्या समाधानकालागि तथा परजिवी बिरुद्ध जुकाको औषधिको खुवाउने तथा पशुको स्वास्थ्य चेकजाँच र औषधि उपचार गरि पशुको उत्पादनमा बृद्धि गर्ने उद्धेश्यले पशु स्वास्थ्य शिविर संचालन गरिएको थियो ।
उक्त शिविरमा जिल्ला पशु सेवा सम्बन्वय समितिका पशु चिकित्सक श्री महन्थ यादव, प्राबिधिक सहायक श्री भरत लम्साल र पशु सेवा शाखा राजापुरका पशु चिकित्सक श्री सुमन कुमार गुप्ता ज्युबाट पशुको चेकजाँच तथा उपचार सेवा प्रदान गरिएको थियो ।
