नेपाल आदिवासी जनजाती पत्रकार महासंघको शाखा मलेसियामा पहिलो चोटि गठन हुने।

Friday, 4 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
आर एन चौधरी थारु,,
मलेसिया:=नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को शाखा मलेसियामा समेत गठन हुने भएका छ्न।यहीँ मे
ई महिनाको ६ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित द-फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुनेछन।

यहाँ मलेसियामा रहेर पत्रकारिता गरि रहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवा/युवतीहरु लाई एकजुट गरि आदिवासी जनजातिहरुको माग,मुद्दा र समाचारहरुलाई मुलधारका (राष्ट्रिय स्तर)का भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशहरु मात्र प्रवाह भैरहेको हुनाले आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवास बाटै सबै नेपालीहरु समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया ( फोनिज)को शाखा  पहिलो पटक गठन गर्न लागेको प्रथम अधिबेशनको त्यारी संयोजक सुनाखरी मगरले जानकारी गराउनु भयो।

प्रथम अधिवेशनको उद्घाटन नेपाल आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थितिमा हुनेछ्न भने अधिबेशनको त्यारी लगभग पूरा भैइ सकेको र मलेसियामा रहेका सम्पुर्ण जातिय/गैर जातीय संघसंस्था,विभिन्न पार्टीका भात्री संगठनहरुलाई पत्रचार गरि सकेको संयोजक मगरले बताउनु भयोअधिबेशनलाई एभरेस्ट किचन रेस्टुरेन्ट ,मण्डला रेस्टुरेन्ट ,पर्देसी रेस्टुरेन्ट , काठमाडौ रेस्टुरेन्ट,लोजिना रेस्टुरेन्टले प्रायोजन गर्ने भएका छ्न ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu