सिकिन्द्र साह,,
सिम्रौनगढ:= बाराको आदर्श कोतवाल गाउंपालिकाका स्थानीयवासी खुला स्थानमा दिसापिसाब गर्न हुन्न भनेर रोक लगाउनहरुमाथि नै जाईलागेका छन् ।
सिम्रौनगढ:= बाराको आदर्श कोतवाल गाउंपालिकाका स्थानीयवासी खुला स्थानमा दिसापिसाब गर्न हुन्न भनेर रोक लगाउनहरुमाथि नै जाईलागेका छन् ।
गाउंपालिकालाई खुला दिशा मुक्त गर्नको लागि बिगत पांच महिना देखि जनचेतनामूलक कार्यक्रम गर्दै आएको र बुधबार बिहान पांच बजेको समयमा आदर्श कोतवाल गाउंपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने इन्र्वामाल रुपवलिया बतरामा अनुगमनमा खटिएका रेडक्रसका कर्मचारीहरुलाई खुला दिशा गर्नमा रोक लगाएको भन्दै स्थानीयवासी रेडक्रसका कर्मचारीमाथि जाईलागेका हुन् ।
नेपाल रेडक्रस सोसाईटी बाराका कर्मचारी क्षेत्रीय सुपरभाइजर जितेन्द्र गिरी, महिला समाजिक परिचालक किरण यादव, पृयात्मा कुशवाहामाथि स्थानीय बासिन्दाहरु जाईलागेका थिए । आक्रमणमा उत्रिएकाहरुलाई नियन्त्रण गर्न महेन्द्र आदर्श चिउटाहाका प्रहरी इन्चार्ज प्रहरी सहायक निरीक्षक श्याम किशोर यादवलाई जानकारी दिएपनि घटनास्थलमा नआएको बताएका छन् । खुला दिशा मुक्त गर्नको लागि प्रहरीले सहयोग नगरेको जितेन्द्र गिरिले बताए ।
खुला दिशा मुक्त गर्न टोलीलाइ र स्थानीय ब्यक्ति ीबच सिम्रौनगढबाट सशस्त्र प्रहरी उमाशंकरको कमान्डमा गएको टोलले स्थानीयहरुलाई सम्झाइ बुझाई गरेर शान्त पारेका थिए ।आदर्श कोतवालमा खुला दिशा मुक्त अभियानकै क्रममा पाएको उपलब्धी आदर्श कोतवालको वडा नम्बर–४ कोतवाली छिट्टै खुला दिसा मुक्त हुने समेत गिरीले जानकारी दिए ।

