वार्षिकोत्सवको अवसरमा विद्यालयलाई पंखा वितरण

Tuesday, 22 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सन्तकुमार चौधरी,,
चितवन:= गोधुली बचत तथा ऋण सहकारी संस्था भरतपुरले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रत्ननगर स्थ्ति एक सरकारी विद्यालयलाई पंखा तथा स्टेशनरी वितरण गरेको छ । रत्तननगर ४ देबौली स्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालय देवौलीलाई पाँचथान पंखा सहित कक्षा १ देखि कक्षा ५ सम्मका ३६ जना विद्यार्थीलाई स्टेशनरी वितरण गरिएको हो । पंखा तथा स्टेशनरी सामग्री वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यापक रामजी चौधरीले यस्ता खालका सहयोगले विद्यार्थीहरुको आत्मवल बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो । 
रत्ननगरको मुख्य बजार टाँडी बजारसँगैको बस्तीमा यो स्कुल रहेपनि सरकारी पक्षवाट सोचेजस्तो सहयोग पाउन नसक्दा विद्यालय ओझेलमा पर्दै गएको उहाँले गुनासो गर्नुभयो । प्रधानाध्यापक चौधरीले थोरै सहयोग भएपनि महत्वपूर्ण अर्थ राख्ने भन्दै आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले गर्मीको मौसममा पंखा सहयोग पाउँदा खुशी समेत व्यक्त गर्नुभयो । गर्मीको राफले कक्षा कोठामा पढाउन समेत समस्या भएको तर्क गर्दै अध्यक्ष चौधरीले विद्यार्थी र शिक्षकलाई धेरै राहत मिल्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै सहकारी संस्थाका प्रबन्ध निर्देशक शरदकुमार चौधरीले हरेक व्यक्ति वा संघ संस्था समाजप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजप्रति उत्तरदायी भएकै कारण आफुहरु नारायणगढवाट पंखा सहित स्टेशनरीका सामग्री बोकेर आफुहरु यो विद्यालयमा पुगेको जानकारी दिनुभयो । आगामी वर्षहरुमा पनि यस्तै खालका समाजप्रति उत्तरदायी भूमिका खेल्ने खालका कार्यक्रम लिएर गोधुली बचत तथा ऋण सहकारी संस्था अगाडी बढ्ने उहाँको भनाई थियो । सहकारी संस्थाका अध्यक्ष मधु कुँवरको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकहरु समेत सहभागी थिए । आठवर्ष अगाडी नारायणगढको शहिदचोकवाट सेवा दिँदै आएको गोधुली बचत तथा ऋण सहकारी संस्थाले निकट केही महिनाभित्र पूर्वी चितवनको रत्ननगरमा समेत शाखा विस्तार गर्ने तयारी थालेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu