स्कूलको होस्टेलमै मृत फेला परे विद्यार्थी, हत्याको आशंका!

Sunday, 20 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

जनकपुरधाम:= जनकपुरमा होस्टेलको कोठामै एक छात्रको लास भेटिएको छ।
जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोकमा रहेको मिथिला मन्टेश्वरी आवासीय विद्यालयमा अध्ययनरत एक छात्रको लास कोठामै झुण्डिरहेको अवस्थामा फेला परेको हो।

जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर बस्ने रुपनारायण साहका १८ वर्षिय छोरा धीरेन्द्र कुमार साह स्कूलको होस्टेल कोठामै झुण्डिरहेको अवस्थामा हेर्दा विद्यार्थीहरुले प्रशासनलाई जानकारी गराएको थियो ।
कक्षा १० मा अध्ययनरत साहलाई हत्या गरी झुण्डाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलबाट केही महत्वपूर्ण कागजातहरु समेत फेला पारेको तथा हत्या वा आत्महत्या बारे पोष्टमार्टमको रिपोर्टपछि मात्र बताउन सकिने बताए ।

साह होस्टेलको कोठामै डोरीमा झयाल नजिकै झुण्डिरहेको अवस्था देखिएपछि विद्यालय प्रशासनलाई जानकारी गराइएको थियो । सुरुमा घटनालाई दबाउन खोजिएपनि साहसँग बस्ने विद्यार्थीहरुले साहको परिवारलाई जानकारी गराएपछि एका विहानै होस्टेल पुगेर रोई कराई गरेपछि घटना सार्वजनिक भएको हो ।
घटनाको प्रारम्भिक प्रकृति अनुसार साहको मृत्यू रहस्यम रहेको छ । मृतक साहको शवलाई जनकपुर अञ्चल अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भने घटनाको बारेमा अनुसन्धान कडा पारिएको छ ।

धनुषाको नीजि विद्यालयहरुमा शोक विदा
नीजि विद्यालय मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्मय मृत्यू भएपछि प्याबसन धनुषा, एनप्याबसन धनुषा र मधेस प्याबसन धनुषाले एक दिने शोक विदा घोषणा गरेको छ ।
नीजि विद्यालयहरुको छाता सँगठन प्याबसन, एनप्याबसन र मधेस प्याबसन ले छात्र मृत्यूलाई मध्यनजर गर्दै आबद्ध विद्यालयहरुमा शोक विदाको घोषणा गरेको हो । न्युज ब्युरो

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu