Home
News
Photos
मगर लाफा ग्रुप र नेपाल मगर संघ मलेसियाको संयुक्त अभियानमा एकीकृत सृजनशिल समाज नेपाललाई सहयोग ।
मगर लाफा ग्रुप र नेपाल मगर संघ मलेसियाको संयुक्त अभियानमा एकीकृत सृजनशिल समाज नेपाललाई सहयोग ।
Posted By :- Admin {Hamar Sanesh}

पदम थापा मगर,,
काठमाण्डौ:=आमा बिहिनहरुको आमा जुनु पुन मगर द्वारा संचालित "एकीकृत सृजनशिल समाज नेपाल" मा रहेको ४० जना बालबालिकाहरुलाई मगर लाफा ग्रुप र मगर संघ मलेसियाले करिब ३ महिना अगाडि बाट संयुक्त रुपमा संचालन गरेको सहयोग अभियानबाट संकलन भएको केही रकम र शैक्षिक सामाग्री प्रदान गरेको छ ।
भुकम्प र द्वन्दकालमा आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ति अनाथ बालबालिकाहरुको उज्ज्वल भविष्यको कामना गर्दै ३ महिना अगाडि मगर लाफा ग्रुप र मगर संघ मलेसियाले विभिन्न संघसंस्था र व्यक्तिहरुलाई चिट्ठी पठाएर सहयोग गर्न अपिल गरेको थियो ।सोही अभियानलाई सफल पार्न मगर लाफा ग्रुपका संस्थापक अध्यक्ष विनोद श्रीस मगरको संयोजकत्वमा मगर लाफा ग्रुप परिवारको तर्फबाट रु. ६०,०४४|- नेपाल मगर संघ मलेसियाका अध्यक्ष पुस्मिता ठाडा मगरको संयोजकत्वमा नेपाल मगर संघ मलेसिया केन्द्रीय समितीको तर्फबाट रु. ६८,६३२|- र नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङका अध्यक्ष युवराज ठाडा मगरको संयोजकत्वमा सम्पुर्ण कमिटीको तर्फबाट रु. १३,१००|- प्राप्त भएको छ । तेस्तैगरी मगर संघ हङकङका महासचिव निलम थापा मगर बाट रु. १०,०००|- र मलेसियामा कार्यरत समर मगर बाट रु. ५,१९६|- प्राप्त भएको छ ।
मगर लाफा ग्रुप, नेपाल मगर संघ केन्द्रीय समिति मलेसिया, नेपाल मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङ र अन्य व्यक्तिहरुले दिएको जम्मा रकम रु. १,५६,९७२|- (एक लाख छपन्न हजार नौ सय बहत्तर) र मगर लाफा ग्रुपले आफ्नै लोगो सहित नाम राखेर प्रिन्ट गरेको ३०० थान कपी मिति २०७५ जेष्ठ ५ गते एक कार्यक्रम आयोजना गरि एकीकृत सृजनशिल समाज नेपालका आमा जुनु पुनलाई मगर लाफा ग्रुपका सदस्य तथा पत्रकार पदम थापा मगरले प्रदान गरेको हो ।
कार्यक्रममा चलचित्रकर्मी सन्तोष पिठाकोटे मगर, नायक तथा गायक पवन राना मगर, नायक तथा मोडल मिनुज राना मगर, मगर चलचित्रका नायिका सपना ढेंगा मगर, नेपाल मगर संघ मलेसियाका निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन राना मगर, रेस्टुरेन्ट पाहुनाघर मलेसियाद्वारा आयोजित चाईनिज न्यु ईयर २०१८ का प्रतिनिधि सन्तोष कुमार ठाडा मगर, मगर लाफा ग्रुपका सदस्यहरु पदम थापा मगर, सीता खुलाल, रामजी मगर, अमर मगर र भतीसरा राना मगरको उपस्थिति रहेको थियो ।