कविताको माध्यमबाट नेपाल सरकारको वयान यसरी !

Friday, 11 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
कविता,,
हाम्रो विरुद्धमा
गोली र बोली प्रहार गर्ने
ती विदेशी प्रभूह
रुलाई 
जसले राष्ट्रिय एकतामा
खलल पुर्‍याउने गर्दछ
ती ज्ञानी सत्रुहरुलाई
मेरो सरकारले
भगवान सम्झेर पुजा गर्छ ।
जननीलाई जस्तै
सम्मान गरी पाउ पर्छ ।
हामी बाघका बच्चा डमरु हौं
भन्न लाज लाग्ने
बेला आएको छ ।
धत्तेरीका हो
कम्युनिष्ट सरकार भन्न
मनमा झमेला आएको छ ।
ती ज्ञानी सत्रुहरुलाई
मेरो सरकारले
भगवान सम्झेर पुजा गर्छ ।
जननीलाई जस्तै
सम्मान गरी पाउ पर्छ ।
सत्ता बाहिरिन्छ कि भन्ने
डर छ सिंहदरबारको कुर्चीलाई
हामीलाई डस्छ सत्ताले
बडापनको धेरै फुर्तीलाई
ती ज्ञानी सत्रुहरुलाई
मेरो सरकारले
भगवान सम्झेर पुजा गर्छ ।
जननीलाई जस्तै
सम्मान गरी पाउ पर्छ । 
लेखिका :=निरा भगत
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu