किसानको छोरी हुँ किसानको दुःख बुझेको छु:-राज्यमन्त्री रामकुमारी चौधरी

Thursday, 31 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सहकर्मी ,,
सुनसरी;= बिहीबार एका बिहान कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चाेधरी नेतृत्वकाे टोली जब पोखरीको डिलमा पुगे त्यहाँका किसान तीन छ्क्क पर्दै हेर्न थाले । बिहान कोइ खेत जोत्दै थिए त कोइ पोखरीमा माछालाई चारो हाल्दै थिए । मन्त्रीको टोली देखेपछि किसानहरु एक ठाउँमा भेला भए । कोइ अभिवादन त कोइ नमस्कार टक्राउदै नजिक आए ।
गणतन्त्र सरकारको पहिलो प्रधानमन्त्री प्रचण्ड एकातिर शपथ ग्रहण गर्दै थिए अर्कोतिर त्यो ठाँउमा कोशीको बाध फुटदै थियो । कोशी नै गाउँ र खेतमा पसेपछि मान्छेहरु बिस्थापित भएका थिए ।
खेत बालुवाको बगरमा परिणत भएका थिए । तर अहिले झनै एक दशक बितिसक्यो कोशी आफ्नै धारमा बगिरहेको छ । कोशी गाउँपालिका र बराह नगरपालिकामा पर्ने उक्त ठाँउमा अहिलले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत माछा ब्लक कार्यक्रम संचालन भैइरहेको छ ।
पाँच सय हेक्टरमा नयाँ पोखरीहरु निर्माण गरिएको छ । सरकारले माछामा आत्मनिर्भर बनाउने योजना लिए सगै राज्य मन्त्री चौधरी माछा किसानलाई प्रोत्साहन र निरीक्षन गर्न किसानको पोखरीमा पुगेका हुन ।
१ घन्टा जति किसानको समस्या सुन्दै राज्यमन्त्री चौधरीले म पनि किसानको छोरी हु किसानको दुःख बुझेको छु । किसानहरुलार्इ सम्बोधन गर्दै बताउनु भयो । माछा किसानलाई दिदै आएको अनुदान सरकारले निरन्तर्ता दिने बताउनु भयो ।सरकारले इन्स्योरेन्स गर्दा दिदै आएको ७५ प्रतिशत रकम यो वर्ष पनि दिने उहाँले बताउनु भयो । गरिब किसानले लिएको ऋण मिनाह गर्ने बताउनु भयो ।
बिदेशमा गएको युवाहरू धेरै जसो कृषिमा नै काम गर्ने भएकोले फर्के लगतै ती युवा हरुलाइ १० लाख र गाउँमा पढेलेखेका युवाहरुलाइ प्रमाणपत्र धितो राखेर ७ लाख सम्म सरकारले ऋण दिने र सबैलाई कृषिमा आबद्ध गराइ देशलाई खाद्य पदार्थमा आत्मनिर्भर बनाइ बिदेश निर्यात गरी देश बिकास र आर्थिक संवृधि हुने बताउनु भयो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu