सोही अवसरमा रु. ५५,५००÷— को उपकरण राजापुर न.पा. वाड नंं.—१, का वडा अध्यक्ष श्री खुशीराम थारु ज्युबाट स्वास्थ्य चौकीको प्रमुख श्री बिजय कुमार शाह ज्युलाई हस्तान्तरण गर्नु भएको थियो ।
सोनाहा विकास समाजको अध्यक्ष श्री शान्ती सोनाहा ज्युको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजापुर न.पा.—१, का वडा अध्यक्ष श्री खुशीराम थारु, गुड नेवर्स इन्टरनेशनल नेपाल बर्दियाका संयोजक श्री नारायण चौधरी, स्वास्थ्य चौकीको प्रमुख श्री बिजय कुमार शाह,र अनमी श्री गोमा आचार्य लगायतका ब्यक्तिहरुले मन्तव्य दिनु भएको थियो ।
गुड नेवर्स इन्टरनेशनल नेपालकै सहयोगमा उक्त स्वास्थ्य चौकीमा सुरक्षित प्रसुति गृह संचालनकालागि भवन निमार्ण तथा प्रसुती सामाग्री सहयोग भएको थियो । सोनाहा विकास समाजको सहजता तथा समन्वयमा गत २०७४ पौष, १७ मा संचालन आएको उक्त प्रसुति केन्द्रमा सेवालाई प्रभावकारी तथा नियमित र गुणस्तरिय बनाउनका साथै बिजुली नभएको बेलामा पनि सेवा प्रदान गर्न सक्ने उद्धेश्यले उक्त सामाग्री मिति २०७५ साल जेठ १७ गतेका दिन हस्तान्तरण गरिएको थियो ।